जनकपुर, ४ असोज । दुई नम्बर प्रदेशको राजधानीको रुपमा हेरिएको जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टीले ३ हजारको अग्रता लिएको छ ।
प्रतिस्पर्धामा रहेको नेपाली कांग्रेसलाई पछि पार्दै राष्ट्रिय जनता पार्टीले करिव ३ हजार मतको अग्रता लिएको हो । पछिल्लो मतपरिणामअनुसार, राजपाका मेयर उम्मेदवार लालकिशोर साहले ४ हजार ७ सय ७९ मत पाएका छन् भने प्रतिस्पर्धामा रहेको कांग्रेसका मेयर उम्मेदवा मनोज साहले १ हजार ८ सय ५६ मत मात्र पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्