सप्तरी,१६ पुस । बोदेबसाईन नगरपालिका श्वर्णपट्टीस्थित भन्सार छली नेपालतर्फ बोरामा बोकी ल्याउँदै गरेको अन्दाजी १ लाख ३९ हजार रुपैयाँ बराबरको ३ सय ४८ थान बन्चरो सहित ३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी देउरीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा लुकाई छिपाई ल्याउदै गरेको उक्त सामान सहित आइतबार दिउसो ३५ वर्षिय लाल भम्कड, ४० वर्षिय धिरेन र ३५ वर्षिय लखनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्