ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालकवि दर्शन के.सीलाई पुरस्कार प्रदान


admin
१६ पुस २०७५, सोमबार   २ : ५०   बजे

काठमाडौं,१६ पुस । बालकवि दर्शन के.सीलाई बालप्रतिभा पुरस्कार प्रदान गरिएको छ । शनिबार एक अनौपचारिक कार्यक्रमका साथ के.सीलाई बालप्रतिभा पुरस्कार नगद दश हजारसहित प्रमाण पत्र प्रदान गरिएको हो ।

सुर्यविनायक नगरपालिका वडा नं. ३ घर भई हाल विभिन्न सामाजिक सरोकारमा काम गर्दै आउनु भएका यि दम्पतिहरुले वाल कबि दर्शन कै निवाश शान्तिनगरमा गई साहित्यकार महेश पौड्यालले आफ्नो दिवङ्गत छोरा पराक्रम पौड्यालको स्मृतिमा स्थापना गर्नुभएको पराक्रम बालप्रतिभा पुरस्कार वर्ष २०७५ प्रदान गरिएको छ ।

२०७४ साल पुस १५ गतेका दिन दिवंङ्गत हुनु भएका आफ्ना स्वर्गिय छोरा पराक्रम पौड्यालको जन्मदिनको अवसर पारेर एक अनौपचारिक कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ कवि गोपाल पराजुलीको हातबाट सो रू १० हजार नगद सहित सम्मान पत्र कवि केसीलाई प्रदान गर्नु भएको हो ।

जन्मै देखि आंशिक मस्तिष्क पक्षघात भएका कारण बोल्न र हिडडुल गर्न नसक्ने कवाल कवि दर्शन के .सी नाकको सहाराले कम्प्युटरमा टाइप गरेर नेपाली र अङ्ग्रेजी भाषामा कविता लेख्दै आएका छन ।

उनको दारुण शारीरिक अवस्था देखेर विक्षिप्त उनकी आमाले २०६३ मा आत्महत्या गरेपछि केसी बुवाले नै स्याहार गरिरहेका छन । सौतेनी आमाबाट खासै माया पाउन नसकेका के.सीले प्रतिकूल अवस्थामा निर्माण मजदुरी गरेर परिवार धानिरहेका बुवा निर के.सीको छत्रछायामा बाँचिरहेका छन् ।

सुरुमा स्कुल गएर क,ख र अ,आ सम्म सिकेका के।सी। हाल घरैमा बसेर विभिन्न दार्शनिक साहित्यकारहरुका किताबहरु संकलन गरी लेखपढ गरि रहेका छन ।

दोलखा जिल्ला साविक माली गा।वि।स।वडा नंं ६ को हाल परिवर्तित जिरी नगरपालिका वडा नंं ३ मालिटोल बस्ने बर्ष २० का बाल कवि दर्शनलाई प्रदान गरिएको छ ।

२०५५ साल माघ १३ गते बुवा बुवा निर बहादुर खत्री र स्व;आमा शिला खत्रीको कोखबाट जन्मनु भएका अपाङ्ग कवि दर्शनले मस्तिक्स पक्षघात सवालम्वन केन्द्र धापाखेल काठमाडौंमा ५ कक्षा सम्मको अध्ययन गरेका छन ।

काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका वडा नंं ३१ शान्तिनगरमा अस्थायी बसोवास गर्दै आएका दर्शनले राम्रोसंग अरुले बोलेका कुरा नसुन्ने र बोलचाल गर्न नसक्ने भएकाले सामाजिक सञ्जाल ९फेसबुक०बाट सबैलाई आफ्नो प्रतिभा प्रस्तुत गरिरहनु भएको छ ।

शरिरका कुनै पनि अंङ्गहरु चल्न नसक्ने र बोल्न नसक्ने भएका कवि दर्शनलाई ह्विल चियरमा यताउता लैजाने गरेको छ । कवि के.सी आफ्नो विवेकको प्रयोग गरेर ल्यापटपमा आफ्ना सबै कृतिहरु लेख्ने गरेको पाइएको छ ।

आफ्नो बुवाको संरक्षकमा रहेका बुुवा निर बहादुर खत्री केहि वर्ष अस्थायी सरकारी कर्मचारी भएर काम गरि रहेका थिए भने हाल काठमाडौमा हाउस प्यान्टिङ्गको काम गरि रहेका छन । कवि दर्शनकी आमाको भने पहिला नै मृत्यु भैसकेको छ ।

यसरी शरिरका कुनै पनि अंङ्गहरु चल्न नसक्ने कवि दर्शनले कसरी लेखन कार्य र सामाजिक सञ्जाललाई प्रयोग गरि रहनु भएको छ भन्ने कुरा भने बिचित्र नै मानिन्छ । अर्नौठो कुरा उनको नाकले लेख्ने अब्बल शक्ती रहेको छ ।

कुनै पनि कुराहरु लेख्न र सामाजिक सञ्जालमा आफ्ना अभिव्यक्तीहरु राख्न कवि नाकको प्रयोग गिर्ने गर्दछन । उनलाई सहारा भनेकै नाक रहेको पाइएको छ । कवि दर्शनले हाल सम्म विभिन्न कविता,कथा, निवन्ध र खण्डकाब्य समेत लेखिसकेको र प्रकाशनमा आउन बाँकी रहेको उनका बुवा निर बहादुर खत्रीले बताउनु भएको छ ।

कार्यक्रममा उपस्थित साहित्यकार र पत्रकारहरूलाई जानकारी दिँदै उनका बुवा निर के।सी।ले यो नै आजसम्म दर्शन के।सी।ले पाएको सबै भन्दा ठूलो प्रोत्साहन भएको बताएका छन ।

दर्शनले थुप्रै कविता र आफ्नो संघर्ष कथा कम्प्युटरमा लेखेर राखेको पाइएको छ भने, ति कृतिहरु प्रकाशन सहयोगको प्रतीक्षामा रहेको पनि उनले जानकारी गराए । प्रमुख अतिथी गोपाल पराजुलीले यो पुरस्कार उचित पात्रलाई दिइएको भन्दै उनको उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको हो ।

पुरस्कार कोषकी संरक्षक रमा अधिकारीले आफूले दर्शनलाई यसपछि पनि सहयोग गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेकी छन । पुरस्कार तथा सम्मान कार्यक्रममा विभिन्न संचार गृहका पत्रकार तथा साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group