ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेशम चौधरीले लिए सांसद पदको सपथ


admin
१९ पुस २०७५, बिहिबार   ४ : २३   बजे

काठमाडौं,१९ पुस । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष निर्वाचित रेशम चौधरीले सांसद पदको सपथ लिनुभएको छ ।

विहिबार सिंहदरबारस्थित संसद सचिवालयमा प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले चौधरीलाई सांसद पदको सपथ खुवाउनुभएको हो । सांसद चौधरीले थारु भाषामा सपथ लिनुभएको थियो ।

सपथ ग्रहण पछि महासचिव मनोहरप्रसाद भट्टराईले सांसद चौधरीलाई सांसद पदको लोगो दिनुभएको थियो । सपथ ग्रहण समारोहमा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्यहरु पनि उपस्थित थिए ।

२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा ७ जना प्रहरी सहित ८ जनाको ज्यान जाने गरि भएको आन्दोलनमा संलग्न भएको आरोपमा मुद्धा खेपिरहेका चौधरी सपथ लिन डिल्लिबजार कारागारबाट संसद सचिवालय आउनुभएको हो । उहाँलाई उच्चसुरक्षा सर्तकता साथ संसद सचिवालय ल्याईएको थियो ।

सपथग्रहण पछि उहाँलाई उच्च सुरक्षा सर्तकता साथ फेरी डिल्लीबजार कारागार लगिएको छ । राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले हिउदे अधिवेशन सुरु भएकै दिन पुस ११ गते तत्काल सांसद चौधरीलाई सपथ खुवाउन सरकारसंग माग गर्नुभएको थियो ।

कारागारमा बसेकालाई पदिय हैसियतमा सांसदको सपथग्रहण गराउदै लोगो दिईएको यो घटना नेपालकै संसदीय इतिहासमा पहिलो घटना हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group