ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रेस्क्रिप्सन स्पष्ट लेख्ने निर्देशन पालना गर्न मेडिकल काउन्सिलको निर्देशन


admin
२० पुस २०७५, शुक्रबार   १ : १९   बजे


काठमाडौं, २० पुष ।
बिरामीको उपचार गरेपछि डाक्टरले लेख्ने प्रेस्क्रिप्सनमा औषधीलगायत सबै कुरा स्पष्ट बुझिने गरी लेख्नुपर्ने भएको छ । प्रेस्क्रिप्सन नबुझिएका कारण गलत औषधि सेवन गरेर बिरामी समस्यामा परेको गुनासो आएपछि मेडिकल काउन्सिलले अक्षर बुझिने लेख्न डाक्टरहरुलाई चेतावनी दिएको छ ।

कसैले अक्षर नबुझिने लेख्यो भने टिप्पणी गर्दै भनिन्छ ‘कस्तो डाक्टरी अक्षर हो’ । अझै पनि यस्तो भनाइ सुन्ने गरिन्छ । चिकित्सकको अक्षर नबुझिने नै हुन्छन भन्ने मानसिकता ब्याप्त छ । तर सबै चिकित्सकको अक्षर नबुझिने हुन्छन् भन्ने चाहिँ होइन । तर, अक्षर नबुझेकै कारणले लेखिएको औषधी एउटा, अनि बिरामीले पाउने अर्को भयो भने त्यसको असर भने पक्कै पनि गम्भीर हुन्छ । त्यो हामी सबैले सहजै अनुमान लगाउन सक्छौं ।

डाक्टरले लेखेर पठाएको औषधी कतिपय फार्मेसीहरुले नबुझेर अरु नै औषधी दिएर पठाएको केसहरु पनि आउने गरेको फार्मेसीहरुको पनि गुनासो छ । उनीहरु भन्छन्, ‘सफा र स्पष्ट रुपले चिकित्सकले लेखिदिए बिरामीले पनि बूझ्छन् भने फार्मेसीलाई पनि औषधी खोजेर दिन सहज हुन्छ ।’

कतिपय डाक्टरहरुको अक्षर नबुझेर बिरामी वा बिरामीका आफन्तहरु यो औषधी यहाँ नपाइने रहेछ फलानो डाक्टरले लेखिदिएको अब तपाईंले अर्को औषधी लेखिदिनुस् न भनेर आउने गरेको अनुभव छ विगत ५० वर्षदेखि चिकित्सा पेशामा आवद्ध वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितको ।

कहिलेकाहीँ त आफ्नै बिरामी समेत फार्मेसीले अक्षर नबुझेर फिर्ता पठायो भन्दै फर्केर आउने गरेको पनि डा. दीक्षित बताउँछन् ।

बिरामीलाई गलत औषधी र गलत उपचार कहिले हुन नहुने डा. दीक्षितको भनाइ छ । उनी भन्छन्, ‘यो कामको थालनी सबै चिकित्सकले आफैबाट गरे डाक्टरी पेशालाई थप मर्यादित र ब्यबस्थित बनाउन सहयोग पुग्छ ।’

नेपाल मेडिकल काउन्सिलको इथिकल कमिटीले एकवर्षअघि सार्वजनिक सूचना प्रकाशित गरी ‘डाक्टरको कोड अफ इथिक्स’मा प्रेस्क्रिप्सन लेख्दा प्रस्ट बुझ्ने गरी लेख्नुपर्ने व्यवस्था गरेको थियो ।

तर केहि केहि अस्पतालका केहि चित्किसकले मात्र यो नियमलाई मानेको पाइएको र अधिकांश चिकित्सकले अझै पनि प्रेस्क्रिप्सन नबुझ्ने अक्षरमै लेखेको नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा.दिलीप शर्मा बताउँछन् ।

काउन्सिलका अनुसार स्वास्थ्यकर्मीले प्रेस्क्रिप्सन लेख्दा औषधीको नाम, सेवन गर्नुपर्ने मात्रा–समय तथा अवधिसमेत बुझिने भाषा र अक्षरमा छापेर वा लेखेर दिनुपर्छ । प्रेस्क्रिप्सनमा चिकित्सक वा अधिकारप्राप्त स्वास्थ्यकर्मीले आफ्नो पहिचान खुल्ने गरी नाम, थर एवं सम्बन्धित काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको नम्बरसमेत उल्लेख गुर्नपर्छ । प्रेस्क्रिप्सन नबुझेर गलत औषधी सेवन गरेर उजुरी परे तीन महिनासम्म डाक्टर निलम्बन पर्न सक्ने मेडिकल काउन्सिलले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

संस्थागत बन्धक : व्यक्तिकेन्द्रित निरंकुशताको खतरा

चीनको एआई रणनीति अमेरिकाको भन्दा फरक

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

आर्कटिकमा खतरनाक खेल

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu