ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा पहिलो घोडा प्रजनन केन्द्र : माग बढी आपूर्ति कम


एबीसी न्यूज
२२ पुस २०७५, आइतबार   १० : १५   बजे

काठमाडौँ , २२ पुस । नेपाली सेनालाई आवश्यक पर्ने घोडा आफैँ उत्पादन गर्ने उदेश्यले विसं २०४१ पुस १४ गते चितवनमा घोडा प्रजनन केन्द्र स्थापना गरिएको थियो । भारत, पाकिस्तान, अष्ट्रेलियालगायतका देशबाट पोथि तथा भाले जातका घोडा ल्याई प्रजनन कार्य शुरु गरिएको हो ।

पछिल्लो समयमा मनाङ र मुस्ताङमा पाइने ‘पोनी’ जातका घोडा पनि यहाँ ल्याइ राखिएको छ । केन्द्रले ‘हाइब्रिड’ घोडा भने उत्पादन गरेको छैन । उक्त घोडा उत्पादन केन्द्रमा एउटै जात (ब्रिड)मा क्रस गरेर बच्चा उत्पादन गर्ने गरेका छन् । हाडनाता पर्ने घोडाबाट बच्चा उत्पादन गराइँदैन, गर्नु पनि हुँदैन परम्पररा रहि आएको डाक्टर मुसहर प्रसाद साहले जानकारी दिए ।  ।

यसका लागि केन्द्रले प्रत्येक घोडाको तीनपुस्ते वंशावली विवरण राख्ने गरेको छ ।, “हरेक घोडाका आमाबुबा, हजुरबुबा, हजुरआमा नामसहितको वंशावली विवरण राख्छौँ ।” विदेशबाट ल्याइएका घोडाको ‘वंशावली’ नै हुन्छ । यसमा तीनपुस्ते विवरण, जन्ममिति, लगाइएका खोपलगायतको विवरण उल्लेख गरिन्छ ।

ब्रिड गर्न सजिलो होस् भन्नाका केन्द्रले लागि वंशावली राख्ने गरेको बताउछन् डाक्टर मुसहर प्रसाद साह ।नेपाली सेनाका लागि वार्षिकरुपमा विभिन्न सभा, समारोह, उत्सव तथा प्रतियोगिताका लागि मात्र थप २५ वटा घोडा आवश्यक पर्छ । तर केन्द्रले वार्षिक मुस्किलले १५ वटा मात्र घोडा नेपाली सेनाअन्तर्गतकै नेपाल क्याबलरीलाई दिने गर्दछ ।

केन्द्रले तयार गरेका घोडा नै क्याबलरीले प्रयोग गर्दै आएको छ । नेपाली सेनाको घोडाचढी कलाका लागि क्याबलरी प्रशिद्ध रहेको छ । यस वर्ष सबैभन्दा बढी २० वटा दिने तयारीमा केन्द्र जुटेको छ । “क्रमशः माग पूरा गर्नेतर्फ हामी अगाडि बढेका छौँ । निकट भविष्यमा पोथी घोडा थप गर्ने लक्ष्यसमेत रहेको छ”, डाक्टर साहले बताए ।


करीब २८ बिघामा जमीनमा सो केन्द्र रहेको छ । ती घोडाका लागि हाल नेपाली सेनाका विभिन्न तहका ६४ जना जनशक्ति खटिएका छन् । ती घोडाका लागि मात्र मासिकरुपमा सात/आठ लाख खर्च लाग्ने बताइन्छ ।

गत वर्ष भारतीय दूतावासले नेपाली सेनालाई उपहारस्वरुप प्रदान गरेका सात वटा प्रियङ्का, श्वेता, आँचल र सङ्गीतालगायतका नामका घोडा यस केन्द्रमा रहेका छन् । स्याहारकर्ताका अनुसार दिउँसो खुला चौरमा आआफ्नै समूह बनाई घोडा रमाउँछन् । बेलुकी अलगअलग तबेलामा राखिन्छ । प्रजनन केन्द्रका घोडाको आआफ्नै नामाकरण गरिएको छ । केन्द्रमा नै जन्मिएकालाई नेपाली र विदेशबाट आएकालाई विदेशीलाई उताबाटै नाम राखिएको छ ।

नेपालले हालसम्म कुनै देशलाई घोडा उपहारस्वरुप प्रदान नगरेको बताइन्छ । तर केन्द्रले नै उत्पादन गरेका दश वटा नेपाली जातका घोडा नेपाली सेनाले ट्राफिक प्रहरीलाई केही वर्ष अगाडि उपहारस्वरुप प्रदान गरेको थियो ।
केन्द्रले विशेष गरी डफ्ट र लाइट जातका घोडा उत्पादन गर्ने गरिरहेको छ । डफ्ट हर्स बग्गीतान्न र लाइट चढ्न र कुद्न (राइडिङ र रनिङ)मा प्रयोग हुने गर्दछ ।

नेपाली सेनाद्वारा सञ्चालित प्रजनन् केन्द्रमा हाल ६८ वटा विभिन्न जातका घोडा र सात वटा गधा रहेका छन् । ती मध्ये ४८ वटा बुडमियर पोथी घोडा रहका छन् । केन्द्र स्थापनाको ३४ वर्षको अन्तरालमा यस वर्ष सबैभन्दा बढी १९ वटा घोडा सुत्केरी हुँदैछन् । यसलाई हालसम्मको सबैभन्दा ठूलो उपलब्धि मानिएको छ । सुत्केरी हुने घोडालाई केन्द्रले विशेष स्याहारसुसारमा ध्यान दिने गरेको छ । गर्भवती भएपछि नजन्मिएसम्म विशेष आहार तथा पौष्टिक तत्वमा दाना खुवाउन तथा दैनिक स्वास्थ्यमा ध्यान दिएको प्राविधिक बताउँछन् ।

एउटा पोथिघोडाले १७ वर्षसम्म बच्चा जन्माउन सक्ने पोथी घोडाको गर्भ समय ११ महीनाको हुन्छ । जन्मिएपछि बच्चाले छ महीनासम्म आमाको दूध तथा हल्का पौष्टिक दाना खान्छ । तीन वर्षमाथि पुगेपछि दाना खानेक्रम विशेषरुपमा बढ्नुका साथै तीन वर्षमा घोडा पूर्णरुपमा तयार हुने गरेका छन् ।

सेनासँग घोडा हुनु अनिवार्य मानिन्छ । सेना कति समृद्ध छ भनेर मापन गर्ने विभिन्न तत्वमध्ये घोडाको सङ्ख्यालाई हेर्ने गरिन्छ । शुभकार्यमा घोडाको अग्र साइत शुभ मानिन्छ । नेपालमा विशेषगरी विशेष कार्यक्रम (संसद् अधिवेशनको शुरुका दिन राष्ट्रप्रमुखको संसद् भवनमा आवागमन तथा फिर्ता), राष्ट्रप्रमुखसमक्ष विदेशी राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र हस्तान्तरण, सैनिक दिवस तथा घोडेजात्रालगायतका दिनमा घोडा तथा बग्गीको प्रयोग गरिँदै आएको छ । ऐतिहासिक हनुमानढोका र गोरखा दरबारलगायतका ठाउँमा अहिले पनि एउटा घोडा राख्ने चलन विद्यमान रहेको बताइन्छ । यस्ता सुभ कार्यमा प्रयोग समेत गरिने भएको हुदाँ यस प्रजनन केन्द्रलाई थप प्रभावकारी बनाई धेरै घोडा उत्पादन गर्नतर्फ ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group