ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिएनए परीक्षण एवं हिँडेको पाइला अध्ययनबाट पर्सा राष्ट्रिय निकुञ्जभित्रको सो बाघ दुर्घटनामा परेको पुष्टि


एबीसी न्यूज
२४ पुस २०७५, मंगलबार   २ : ३५   बजे


पथलैया, २४ पुस । बिहानीपख सडक (पूर्वपश्चिम राजमार्ग) पार गर्ने क्रममा गतहप्ता दुर्लभ पाटे बाघ दुर्घटनामा प¥यो । तीव्र गतिको कारसित ठोक्किँदा  बाघ घाइते हुन पुग्यो ।

घटनास्थलमा भेटिएका रौँ र रगतको डिएनए परीक्षण एवं हिँडेको पाइला अध्ययनबाट पर्सा राष्ट्रिय निकुञ्जभित्रको सो बाघ दुर्घटनामा परेको पुष्टि भयो । निकुञ्ज संरक्षणमा कार्यरत सरकारी निकाय एवं मध्यवर्ती क्षेत्रका उपभोक्तालाई समेत आजसम्म घाइते बाघको स्वास्थ्य अवस्था कस्तो छ रु कुनै अत्तोपत्तो छैन ।

निकुञ्जका कर्मचारी तथा सुरक्षामा खटिएका नेपाली सैनिकले बाघको खोजी गरिरहेका छन् । घाइते बाघ भेटिएको छैन । “म¥यो कि जिउँदै छ जानकारी छैन, निकुञ्जको क्षेत्र ठूलो छ, कता लुक्यो लुक्यो । सम्भावित सबै स्थान खोजिसक्योँ तर भेटिएको छैन”, निकुञ्जका रेञ्जर विनयकुमार झाले भन्नुभयो ।

निकुञ्जका अनुसार गएको हप्तामा निकुञ्जमा संरक्षित हनुमान बाँदर, चित्तल, साम्बरलगायतका पाँच वन्यजन्तुको सवारी साधनमा ठोक्किएर मृत्यु भइसक्यो । वन्यजन्तु रमाउने समय विशेष गरी साँझ र बिहानपख राजमार्गमा दुर्घटना पर्नेक्रम पछिल्लो समय बढ्दो छ । बाक्लो हुस्सु, राजमार्गमा गुड्ने सवारी साधनको तीव्र गतिले वन्यजन्तुको मृत्यु बढिरहेको बताइन्छ । सवारी साधनसित ठोक्किएका वन्यजन्तुलाई तत्काल उद्धार गरी उपचार गर्न नभ्याइएको निकुञ्जका प्राविधिक बताउनुहुन्छ ।

गत वर्षको फागुनमा सोही सडक पार गर्दा पाटे बाघ दुर्घटनामा परी घटनास्थलमै मृत्यु हुन पुगेको थियो । सन् २०१३ मा निकुञ्जभित्र सात बाघ रहेकोमा बढेर २०१७ मा १९ पुगेको थियो ।

गत वर्ष चित्तल, बँदेल, रतुवा मृग, बाँदर लगायतका ३७ वन्यजन्तुको मृत्युको कारण यही राजमार्ग बनेको थियो । बारा, पर्सा र मकवानपुर जिल्लाका ६२७ वर्ग किमी भूभाग निकुञ्जले ओगटेको छ । यातायात आवागमनका दृष्टिले अति व्यस्त सो राजमार्गको करीब ४५ किलोमिटर सडक निकुञ्ज क्षेत्रभित्र रहेको छ ।

विसं २०४० वैशाख ५ गते घोषणा गरिएको ती भूभागको सो आरक्षण क्षेत्रलाई विसं २०७४ वैशाख २५ गते राष्ट्रिय निकुञ्जमा विस्तार गरिएको थियो । सरकारले ती तीन जिल्लाका तत्कालीन निर्मलबस्ती, सुवर्णपुर, जिराभवानी, सिमरा, अमलेखगञ्ज, चुरियामाई, पद्मपोखरी, हाँडिखोला र मनहरि गाउँका २८५ वर्ग किलोमिटर क्षेत्रफललाई समेटी विसं २०६२ असार १३ गते मध्यवर्ती क्षेत्र घोषणा गरेको थियो । मध्यवर्ती क्षेत्रमा १३ उपभोक्ता समूहमा ८५ हजार बासिन्दा रहेका छन् ।

निकुञ्जभित्र ६० देखि ६५ जङ्गली हात्ती, तीनदेखि पाँच गैँडा, १०५ गौरी गाई छन् । त्यस्तै ३७ स्तनधारी, ४९० चराचुरुङ्गी, ३१ प्रकारका पुतली तथा ३३६ प्रकारका वनस्पतिका प्रजाति छन् । निकुञ्जको सुरक्षा र वन्यजन्तुको संरक्षणमा नेपाली सेनाको तारादल गणले यहाँ आधुनिक सूचना प्रविधिलाई अधिकतम उपयोगमा ल्याएको छ । उसले राजमार्गका आवश्यक स्थानमा सिसिटिभी जडान तथा अन्य स्थानमा ‘पोचर क्यामरा’ जडान गरी निगरानी बढाएको छ ।

निकुञ्जका अति महत्वपूर्ण १२ स्थानमा सुरक्षार्थ सेनाको पोष्ट छ । सेनाले दैनिक गस्ती ९पैदल, साइकल, हात्ती सवार तथा गाडी० गरिरहेको छ । “राजमार्गका आवश्यक स्थानमा सिसीटिभी जडान गरी सवारी साधन आवतजावत, वन्यजन्तु सवारी साधन ठोक्किए तत्काल सुरक्षाकर्मी परिचालन, चालकलाई गति, वन्यजन्तुका महत्वबारेमा सचेतना गराउँछौँ”, गणपति महासेनानी निकिल कुँवरले भन्नुभयो ।

वन्यजन्तुको वासस्थान, जैविक विविधता, प्रजाति, वनस्पति तथा सिमसारका दृष्टिकोणले यो निकुञ्ज विश्वकै उत्कृष्टमा पर्दछ । अरु निकुञ्जमा कमै देखिने जङ्गली कुकुर ९ढोले० हुडार÷हड्डी बाघ, चौसिङ्गा, सालक, सुनगोहोरो, अजिङ्गर, राजधनेश यहाँका विशेषता मानिन्छ । पाटे बाघ, जङ्गली हात्ती, गैँडा तथा गौरी गाई यहाँका प्रमुख विशेषता हुन् तर प्रचारप्रचारको अभावमा निकुञ्ज घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुन सकेको छैन ।

गत वर्ष आन्तरिक र बाह्य ५०५ पर्यटकले निकुञ्ज भ्रमण गरेको निकुञ्जले जनाएको छ । “वन्यजनतुको चोरी शिकारी नियन्त्रण र सुरक्षाको लागि स्मार्ट पेट्रोलिङ गर्छांै ।” उहाँले भन्नुभयो । निकुञ्जको अमलेखगञ्ज हात्तीसारमा रहेकी चित्रसेनकलीले विसं २०७४ माघ १३ गते पहिलो छावा ९पोथी हात्ती०लाई जन्माएकी थिइन् । यो निकुञ्जको हात्तीसारमा जीवित स्वस्थ बच्चा जन्मेको पहिलोपटक थियो । भीमा एकादशीका दिन जन्मेकोले भीमा नामाकरण गरिएको सो छावाको जन्मोत्सव विशेष रुपले मनाउने तयारी निकुञ्जले गरेको छ ।

प्रमुख सुरक्षा चुनौती नदीजन्य पदार्थ उत्खनन 

निकुञ्जभित्रका नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन नरोकिएकोमा निकुञ्जले चिन्ता व्यक्त गरेको छ । निकुञ्जका रेञ्जर झाले भन्नुभयो, “निकुञ्जभित्रका नदी तथा खोलाबाट बालुवा, गिट्टी तथा ढुङ्गाजस्ता नदीजन्य सामग्रीको उत्खनन, सङ्कलन तथा अनियमित ओसारपसार पूर्णरुपमा रोक्न तथा नियन्त्रण गर्न पछिल्लो समय केही नीतिगत समस्या परेको छ । यसले वन्यजन्तु संरक्षण तथा सुरक्षामा चुनौती थपिएको छ ।”

वन्यजन्तु संरक्षण ऐन २०२९ ले निकुञ्ज क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन कार्य निषेध गरेको छ । यस निकुञ्जभित्र दुधौली, मनहरा खोला तथा राप्ती नदी छन् । गत महीनामात्र ती नदीका बालुवा तथा गिट्टी ढुङ्गा ओसारपसार गरेबापत निकुञ्ज प्रशासनले १०० भन्दा बढी ट्रयाक्टरलाई कारवाही गरेको थियो । “वन र वन्यजन्तु संरक्षण गर्दै वन पैदावार तथा वन्यजन्तु चोरी शिकारी नियन्त्रण गर्नु हाम्रा प्राथमिकताका क्षेत्र हुन । पछिल्ला दिनमा यहाँका नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन नियन्त्रण कार्य चुनौती बन्दै गएको छ ।” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माटोमुनि पुरिएकी ६ वर्षीया बालिका जीवितै उद्धार

भारतले नेपाल पठायो ‘टनेल रेस्क्यु’ टोली, १० टन राहत सामग्री पनि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

माटोमुनि पुरिएकी ६ वर्षीया बालिका जीवितै उद्धार

भारतले नेपाल पठायो ‘टनेल रेस्क्यु’ टोली, १० टन राहत सामग्री पनि

US-Canada Trade War Escalates, Recession Fears Grow

Ebola Outbreak Expands in DRC, Reaching Two New Health Zones

Progressive Patriotism: Reconciling Love Of Country With Universal Values

Liberal Press Defended Role in Jason Arday’s Death, Critics Say

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu