ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीतिक दबाब पछि झुके ट्रम्प , तीन हप्ताका लागि यस्तो भो सहमति


एबीसी न्यूज
१२ माघ २०७५, शनिबार   ७ : १९   बजे

काठमाडौँ, १२  माघ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बजेट अभावमा ठप्प रहेका संघीय सरकारका आंशिक कार्यालयको काम सुचारु गर्न सहमत भएका छन् ।

राजनीतिक दबाब बढ्दै गएपछि राष्ट्रपति ट्रम्प ३५ दिनदेखि बन्द आंशिक सरकारी कार्यालयको कार्य सञ्चालनका लागि आवश्यक पर्ने बजेट दिन सहमत भएका हुन् ।

राष्ट्रपति ट्रम्पले तीन हप्ताका लागि कार्य सञ्चालन बजेट पारित गर्न सहमत भएका हुन् । तर यसमा उनले अडान लिएको जस्तो मेक्सिकोसँगको सीमामा बनाउने भनिएको सीमा पर्खालका लागि कुनै बजेट छैन ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा बनाउने भनेको सीमा पर्खालका लागि सरकारी कोषबाट बजेटको व्यवस्था हुनु पर्ने तथा विपक्षीको त्यस विरोधी अडानका कारण समस्या उत्पन्न भएको हो ।

अमेरिकी इतिहासमै सबैभन्दा लामो अवधि सरकारी कामकाज ठप्प भएको यो घटनालाई सहजिकरण गर्न राष्ट्रपति ट्रम्पले तीन हप्ताका लागि बजेट दिने बताएका हुन् ।

ट्रम्पले चुनावी अभियानदेखि नै अमेरिका गैरकानुनी रुपमा प्रवेश गर्नेहरुलाई रोक्नका लागि मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनु पर्ने बताउँदै आएका छन् । ट्रम्प यसका लागि सरकारी कोषबाट ५।७ बिलियन डलर चाहन्छन्, जुन कुरा डेमोक्र्याटिक पार्टीले अस्वीकार गर्दै आएको छ ।

शुक्रबार सिनेट र हाउस अफ रिप्रिजेनटेटिभले तीन हप्ताका लागि संघीय सरकार कार्यालयलाई कार्य सञ्चालनका लागि दिइने बजेट सम्बन्धी विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ ।

योसँगै ३५ दिनदेखि रोखिएको काम सुरु भएको छ तर अनिश्चितता भने सकिएको छैन । तीन हप्तापछि के गर्ने भन्नेबारे छलफलको खाँचो छ । यो अवधिमा समस्याको स्थायी समाधान नखोजिएमा फेरि काम ठप्प हुनेछ ।

राष्ट्रपति ट्रम्पले ह्याइट हाउसको रोज गार्डेनमा भने, ‘संघीय सरकारी कार्यालयका लागि आउँदो फेब्रुअरी १५ सम्मका लागि बजेट प्रदान गर्ने सहमतिको घोषणा गर्न पाउँदा निकै गर्व महसुस गरेको छु ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सरकारसँगै डराइरहेका छन् व्यवसायी …

सम्बन्धित

ब्राजिलमा शरणार्थी आवेदन अस्वीकृत हुनेमा नेपाली पाँचौं, मानव तस्करीको जालो फेरि उजागर

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu