ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अख्तिायारको उद्देश्यलाई बोकेको चलचित्र ‘सयकडा दश’:प्रमुख आयुक्त


admin
२३ माघ २०७५, बुधबार   २ : १७   बजे

ललितपुर,२३ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले चलचित्र ‘सयकडा दश’लाई अख्तिायारको उद्देश्यलाई बोकेको चलचित्र बनेको बताएका छन । आयुक्तले हिजो ललितपुरको पुलचोक स्थित क्युएफएक्स हलमा दर्शक माझ बसेर चलचित्र हेरेपछि उक्त कुरा बताएका हुन ।

उनले भने ‘चलचित्र सन्देश मुलक छ । म आशा विश्वास र अपेक्ष पनि के गर्छु भने यो चलचित्र हरेक नेपालीले हेर्नुपर्ने चलचित्र बनेको छ’, उनले अगाडि भने ‘अख्तियारको मुल मर्मलाई नै बोकेर चलचित्र बनेको लाग्यो मलाई । भ्रष्टाचारका विषयमा मैले बारम्बार भन्ने गरेको कुरा मौन रहनु पनि छन् ठूलो भ्रष्टाचार हो । त्यो मौनतालाई चिर्नेकाम यो चलचित्रले गरेको छ ।’

चलचित्रलाई अख्तियार प्रमुख आयक्तसहित आयुक्त डा. सावित्री गुरुङ, विदुषी सपना मातालगायत बिभिन्न व्यक्तित्वहरुले हेरेका थिए ।
आयुक्त डा. सावित्री गुरुङले हसाउदै रमाइलो गराउदै महत्वपूर्ण संदेश दिएकोले निर्माण पक्ष र कलाकारलाई धन्यबाद दिइन । साथसाथै यो चलचित्र कुनै बर्ग बिशेषको लागि मात्र नभएर आम नेपालीले हेर्नु पर्नेमा जोड दिइन ।

यही माहोलमा ‘सयकडा दश’ हेर्न आफ्ना भक्तजनहरु सहित आएकी विदुषी सपना माताले चलचित्र अत्यन्तै मार्मिक भएको भएको भन्दै सबैलाई नछुटाउन अनुरोध गरिन ।

बेलुका ६ बजेको शो मा पनि दर्शकहरुको बाक्लो उपस्थिति रहेको र अधिकांस दर्शकले राम्रो चलचित्र भनी प्रतिक्रिया दिएका थिए । सबैले चलचित्र सन्देश मुलकसहित मनोरञ्जनले भरपूर्ण रहेको भन्दै उक्त चलचित्र एकपटक हेर्नैपर्ने सुझाए ।

उनिहरुले ‘यसको सन्देश प्रभावशाली मात्रै छैन, सरकारलाई घच्घचाउने खालको समेत छ’ भनेका थिए । शुक्रबार रिलिज भएको रामशरण पाठक निर्दे्शित चलचित्रमा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, रवि डंगोल, रश्मी भट्टलगायतको अभिनय रहेको छ । चलचित्र राम्रो व्यापार गरिरहेको निर्माणपक्षले जनाएको छ ।

रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा चलचित्र निर्माण गरेका हुन् । चलचित्रका रामेश्वर कार्की छायांकार हुन् । बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको चलचित्रमा रज्जु प्रधानको कथा छ । हास्यकलाकार राजाराम पौडेल चलचित्रको कार्यकारी निर्मातामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu