ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युद्धको चरम चपेटामा सिरियामा, पाँच बर्षमा ३ लाख ३० हजार मारिए


admin
१६ आश्विन २०७४, सोमबार   १० : ५३   बजे

बेरुत, १६ असोज । सिरियामा गएको महिना अर्थात सेप्टेम्बरमा मात्र करिब ३ हजार जना नागरिकको ज्यान गएको छ ।

यसरी मारिनेमा सर्वसाधाराण नागरिकको संख्या ९५५ रहेको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले आइतबार सो जानकारी दिएको हो ।

उक्त संस्थाले दिएको जानकारीअनुसार सिरियामा गएको पाँच बर्षभन्दा लामो समयदेखि जारी हिंसाकै क्रममा गत महिना सन् २०१७ मा मारिएकामा नै सबैभन्दा बढी हिंसा भएको अथवा धेरै मानिसको ज्यान गएको महिनाका रुपमा रहेको छ ।

सिरियामा मारिने नागरिकमध्ये करिब ७० प्रतिशत सर्वसाधारण नै पर्ने गरेका छन् । सिरियाली सेनाको कारबाही, रुसी सेनाको हवाई कारबाही तथा इस्लामिक स्टेट्स समूहबाटमात्र ती नागरिक मारिने गरेका छन् ।


सिरियामा विभिन्न सेनाले सरकारी सेनाका विरुद्धमा पनि कारबाही गर्ने गर्दछ । सिरियामा संयुक्त राज्य अमेरिकाको नेतृत्वको सेना, रुसी सेना, सिरियाली प्रजातान्त्रिक बल, कुर्दिस अरब एलाइन्सलगायतका सेनाले यहाँ हवाई कारबाही गर्ने गरेका छन् ।

सन् २०११ को सेप्टेम्बर महिनादेखि सिरियामा राष्ट्रपति बसर अल असदका विरुद्धमा आन्दोलन सुरु भएको थियो । सो आन्दोलन पछि गएर हिंसामा परिणत भएको छ ।

हाल त्यहाँ गृहयुद्ध जारी छ । राष्ट्रपति असदका विरुद्धमा यहाँका विभिन्न प्रजातान्त्रिक बलले आन्दोलन तथा सैनिक कारबाही पनि थालेका छन् ।
अहिलेसम्म यहाँका ३ लाख ३० हजार नागरिकको ज्यान गएको बताइएको छ । यसरी मारिनेमा सेना, प्रहरी पनि छन् । तर मारिने नागरिकमा अधिकांश सर्वसाधारण नै बढी रहेका अधिकारवादीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu