ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऊर्जा दक्षता रणनीति सार्वजनिक


एबीसी न्यूज
६ फाल्गुन २०७५, सोमबार   ५ : ३७   बजे

काठमाडौँ – उपलब्ध ऊर्जाको दक्षतापूर्ण उपयोगबाट ऊर्जामा पहुँच बढाई ऊर्जा सुरक्षामा सहयोग पु¥याउने दूरदृष्टि राखी सरकारले पहिलोपटक राष्ट्रिय ऊर्जा दक्षता रणनीति २०७५ ल्याएको छ । गत मङ्सिर ३ गतेको मन्त्रिपरिषद्बाट पारित रणनीतिलाई आज यहाँ आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । 
रणनीतिमा सन् २०१५ सम्म रहेको ऊर्जा दक्षताको प्रतिवर्ष शून्य दशमलव ८४ प्रतिशतलाई औसत दर दोब्बर गरी २०३० सम्म प्रतिवर्ष १ दशमलव ६८ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । रणनीतिले ऊर्जा खपत घनत्व घटाई उत्पादकत्व बढाएर आर्थिक वृद्धिमा टेवा पु¥याउने, यसबाट वातावरण सन्तुलन कायम गरी स्वास्थ्यमा सकारात्मक सुधार ल्याउने उद्देश्य राखेको छ । 
रणनीतिमा उपभोक्ता तहदेखि नीति निर्माण तहसम्म ऊर्जा दक्षता सम्बन्धमा जनचेतना जगाउने, आवश्यक स्रोतको व्यवस्थापन र परिचालन, पूर्वाधार निर्माण र जनशक्ति विकासका लागि नीतिगत, कानूनी र संस्थागत संरचनाको निर्माण गर्ने, ऊर्जा दक्षताको स्थापित अन्तर्राष्ट्रिय र क्षेत्रीय मापदण्डको आधारमा राष्ट्रिय मापदण्ड र स्तर निर्धारण गर्ने कुरामा जोड दिइएको छ । 
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र जर्मन सहयोग नियोग (जिआइजेड)को आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले परम्परागत तथा खनिज इन्धनको निर्भरतालाई कम गरी स्वच्छ तथा हरित ऊर्जाको प्रवद्र्धन गर्न सरकारले ऊर्जा दक्षता रणनीति ल्याएको स्पष्ट गर्नुभयो । रणनीतिले मुलुकको समग्र आर्थिक सम्बृद्धिका लागि विभिन्न पक्षहरुलाई उजागर गरेको बताउँदै उहाँले भन्नुभयो, ‘‘यसका लागि हरेक नागरिकले आफ्नो सोच र व्यवहारमा परिवर्तन ल्याउन आवश्यक छ ।’’ 
मन्त्रालयका सचिव दिनेश घिमिरेले ऊर्जाको माग र आपूर्तिलाई सहज बनाउन पहिलोपटक कानुनी रूपमा रणनीति आएको उल्लेख गर्दै रणनीतिको आधारमा छिटै ऊर्जा दक्षता संरक्षण ऐन ल्याइनेछ भन्नुभयो । उहाँले ऊर्जा दक्षता कार्यक्रमको प्रवद्र्धन तथा प्रभावकारी कार्यान्वयनका लागि बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई तोकिएकाले आगामी दिनमा यस क्षेत्रमा ठोस उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयो । 
सो अवसरमा नेपालका लागि जर्मनी दूतावासका डा क्लाउडिया हाइपेले ऊर्जाको किफायती प्रयोगबाट जलवायु परिवर्तनको समस्या न्यूनीकरण गर्न, ऊर्जा सुरक्षा र ऊर्जाको पहुँच बढाउन सकिने भएकाले यसमा आम जनताको सोच र व्यवहारमा परिवर्तनको खाँचो पर्ने बताउनुभयो । उहाँले जर्मनीलगायत विश्वका धेरै देशहरुले ऊर्जा दक्षतालाई प्राथमिकता दिएको उल्लेख गर्दै नेपालमा पनि अब यसम्बन्धी रणनीति कार्यान्वयनमा आएपछि ऊर्जा क्षेत्रका धेरै समस्या समाधान हुनेछ भन्नुभयो । 
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले ऊर्जा दक्षता रणनीतिको कार्यान्वयनका लागि आवश्यक नीति र ऐन कानूनको तर्जुमा गर्नेदेखि यससम्बन्धी कार्यक्रमको कार्यान्वयनमा केन्द्रले पहल गर्ने बताउनुभयो । 
सो अवसरमा केन्द्रका निर्देशक नवराज ढकाल र राष्ट्रिय ऊर्जा दक्षता कार्यक्रम(निप)का परामर्शदाता विशाल थापाले मुलुकको समृद्धिका लागि ऊर्जा दक्षता रणनीतिको कार्यान्वयनका विविध पक्षमा प्रस्तुतीकरण दिनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीले बगाएको सेफ तोडेर पैसा चोरेको आरोपमा २९ जना पक्राउ

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal and China Resume Flood Rescue Efforts Amid Rising Death Toll

Rainfall Threatens to Hamper Flood Rescue Efforts in Nepal

Nepal Floods Claim 616 Lives as Search Efforts Continue

Nepal Flood Death Toll Climbs Above 57, Hundreds Still Missing After Glacier Collapse

Nepal Grapples with ‘Uncanny Populism’ and Shifting Political Landscape

एनसेलले थप्यो सेवा : बाढी प्रभावित क्षेत्रमा थप सात दिन निःशुल्क डेटा, भ्वाइस र एसएमएस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu