ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भरतपुर अस्पतालको स्तरोन्नति


एबीसी न्यूज
८ फाल्गुन २०७५, बुधबार   ८ : ०७   बजे

चितवन, ८ फागुन । भरतपुर अस्पताल केन्द्रीय सरकारको मातहातमा रहने गरी विशिष्ट विशेषज्ञ अस्पतालका रुपमा स्तरोन्नति भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले मङ्गलबार अस्पताललाई पत्राचार गरी स्तरोन्नतिबारे जानकारी गराउनुभएको हो । मन्त्रिपरिषद्को फागुन ३ गतेको निर्णयअनुसार भरतपुर अस्पताललाई मङ्गलबारदेखि भरतपुर विशिष्ट विशेषज्ञ अस्पतालका रुपमा नामाकरण गरी सोहीबमोजिम कार्यान्वयन गर्नु भनी पत्रमा उल्लेख गरिएको छ । 

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा कृष्णप्रसाद पौडेलले अस्पतालको स्तरोन्नति भएको पत्र प्राप्त भएको बताउनुभयो । अब अस्पतालमा विभिन्न रोगका विशेषज्ञसहितका चिकित्सक र सेवासुविधा सङ्घीय सरकारले उपलब्ध गराउनेछ । हाल अस्पतालमा सरकारले १५० श्यया सुविधा उपलब्ध गराएको छ । चार सय ५० श्यया विकास समितिमार्फत सञ्चालन गरिएको छ । अब केन्द्रीय सरकारबाटै ५०० श्ययाको सेवासुविधा प्राप्त हुने पौडेलले बताउनुभयो । 

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार अस्पतालमा दैनिक एक हजार ५०० हाराहारीमा बिरामी उपचारका लागि आउने गर्छन् । चितवनसहित १२ जिल्लाका बिरामी उपचारका लागि नियमित आउने गरेको पौडेलले बताउनुभयो । अस्पतालमा १३ विभागमार्फत बिरामीको उपचार गरिँदै आएको छ । 

महानगरमा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र 
भरतपुर महानगरपालिका–९ मा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र मङ्गलबारदेखि सञ्चालनमा आएको छ । केन्द्रको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । दाहालले १०२ वर्षीया विष्णुकुमारी खड्का र ९५ वर्षीया भागिरथी खड्कालाई बिरामी जाँचको पूर्जी दिएर केन्द्रको विधिवतरूपमा शुभारम्भ गर्नुभएको हो । 

सो अवसरमा महानगर प्रमुख दाहालले महानगरवासी स्वस्थ र स्फूर्त हुनुपर्छ भन्ने मान्यताका साथ केन्द्रको शुरूआत गरिएको बताउनुभयो । सबै नागरिकलाई आधारभूत स्वास्थ्यसेवा निःशुल्क रूपमा प्रवाह गर्नुपर्ने नीतिअनुरूप नै यो सेवा भरतपुर महानगरपालिकाले शुरू गरेको हो । सो केन्द्रले प्रवाह गर्ने सम्पूर्ण सेवा निःशुल्क हुनेछ । शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट अधिकतम सेवा लिन सेवाग्राहीलाई आग्रह गर्दै प्रभावकारी सेवा प्रवाह गर्न केन्द्रका कर्मचारीलाई उहाँले निर्देशन दिनुभयो । महानगरपालिकाले ‘एक वडा एक स्वास्थ्यचौकी’को रूपमा विकास गर्ने योजना लिएको छ । 

शहरी स्वास्थ प्रवद्र्धन केन्द्र भरतपुर महानगरपालिकाले पहिलो पटक शुरू गरेको हो । केन्द्रमा सर्ने र नसर्ने रोगको निःशुल्क उपचार परामर्श प्रदान गरिनेछ । यहाँ बहिरङ्ग सेवा, निःशुल्क मातृत्व सेवा, सरूवा रोगसम्बन्धी सेवा, आयुर्वेद र परम्परागत सेवा, निःशुल्क औषधि सेवा, महामारी तथा विपत् व्यवस्थापन सेवा, योग तथा सहजीकरण सेवा, वृद्धवृद्धा स्वास्थ्य योग सेवालगायतका सेवा उपलब्ध हुनेछ । सेवा प्रवाह गर्न चिकित्सकसहित १० जनाको दक्ष जनशक्ति छ । भरतपुर महानगरमा १३ स्वास्थ्यचौकी, ६ आयुर्वेदिक औषधालय र चार बर्थिङ सेन्टर छन् । 


प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group