काठमाडौँ, ९ फागुन । बंगलादेशको राजधानी ढाकामा अवस्थित एक भवनमा आगलागी हुँदा कम्तिमा ७० जनाको मृत्यु भएको छ । ४० जना गम्भीर घाइते भएका छन् । सरकारी अधिकारीहरुले मृतकको संख्या बढ्न सक्ने बताएका छन् ।
राजधानी ढाकाको पुरानो शहरको चोक बजारस्थित एक भवनमा सबैभन्दा पहिलो आगो देखिएको थियो । यो आवासीय भवनमा केमिकलको गोदाम पनि थियो । केमिकल र प्लास्टिकका कारण आगो चाँडै फैलिएर छेउका भवनमा पनि क्षति पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्