प्योङयाङ , १२ फागुन । । उत्तर कोरियाका नेता किम जोङ उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताका लागि रेलमार्गबाट भियतनामको राजधानी हनोइतर्फ प्रस्थान गरेका छन् । उनी स्थानीय समयअनुसार शनिबार राति ९ बजे चीनको सीमावर्ती शहर डानडोङमा पुगेका छन् ।
ट्रम्प–किम शिखर सम्मेलन आगामी बुधबार र बिहीबार भियतनाममा हुँदैछ । पहिलो शिखर सम्मेलन गतवर्ष सिंगापुरमा भएको थियो । दोस्रो शिखर सम्मेलनका लागि किम प्रस्थान गरेको कुरा उत्तर कोरियाका सञ्चार माध्यमले पुष्टि गरेका छन् । किम आफ्नी बहिनी किम यो जङ र पूर्वजनरल किम योङ चोल तथा अन्य सहयोगीका साथ भियतनामतर्फ प्रस्थान गरेका हुन् ।
ट्रम्पले गएको सेप्टेम्बर महिनामा अमेरिकामा एक र्यालीलाई सम्बोधन गर्दै किम र आफू प्रेममा परेको बताएका थिए । साथै किमले आफूलाई सुन्दर पत्र पठाएको समेत जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्