ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन जना राष्ट्रसङ्घीय शान्ति सैनिक मारिए


admin
१२ फाल्गुन २०७५, आइतबार   ३ : १०   बजे


बामाको, १२ फागुन  ।  मालीमा तैनाथ तीन जना राष्ट्रसङ्घीय शान्ति सैनिक लुटेरा समूहको आक्रमणमा मारिएका छन् । स्रोतका अनुसार छुट्टी मनाउन राजधानी बामाकोबाट छिमेकी मुलुक गिनीतर्फ जाँदै गर्दा बाटोमा ती शान्ति सैनिकको हत्या भएको हो । 

मालीको सुरक्षा स्रोतका अनुसार लुटपाटका क्रममा शान्ति सैनिकमाथि घातक आक्रमण भएको हो । मारिएका सबै गिनीका सैनिक रहेका छन् । मालीमा तैनाथ राष्ट्रसङ्घीय मिसन (मिनुस्मा) मा गिनीका झण्डै ९०० सैनिक कार्यरत छन् । मिनुस्मामा गिनी समेत विभिन्न देशका करिब १५ हजार सैनिक रहेका छन् । 

मिनुस्माले जारी गरेको एक वक्तव्यमा राजधानी बामाकोबाट करिब ४४ किलोमिटर दक्षिणपश्चिमको शिबी भन्ने स्थानमा शुक्रबार बिहान अपरिचित सशस्त्र समूहले लुटपाट गर्ने उद्देश्यले आक्रमण गरेको जनाइएको छ । 
आक्रमणमा अर्का एक सैनिक घाइते भएका छन् । 

राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटेर्रेसले एक वक्तव्य जारी गरी आक्रमणको निन्दा एवं भत्र्सना गर्नुभएको छ । राष्ट्रसङ्घीय सुरक्षा परिषदले समेत आक्रमणको तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न आग्रह गरेको छ । 

इस्लामिक अतिवादीहरुले सन् २०१२ मा उत्तरी मालीमा कब्जा जमाएपछि राष्ट्रसङ्घले शान्ति सैनिक पठाएको छ । 

सन् २०१५ मा बामाको सरकार र सशस्त्र विद्रोहीबीच शान्ति सम्झौता भइसकेको छ । तर इस्लामिक विद्रोहीले हत्याहिंसाका घटना नरोकेका कारण उक्त सम्झौताको पूर्ण कार्यान्वयन हुन सकेको छैन । 

सन् २०१३ मा राष्ट्रसङ्घीय शान्ति सैनिक परिचालन भएयता मालीमा १९० जनाभन्दा बढी सैनिकको मृत्यु भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा सवारी दुर्घटनामा पाँचजनाको मृत्यु, १२७ भन्दा बढी घाइते

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

सम्बन्धित

साउदी–पाकिस्तान–टर्की सुरक्षा सम्झौता : इरानका लागि दीर्घकालीन सुरक्षा चिन्ता बढ्न सक्ने

शक्तिशाली टाइफुन डल्फिनले चीनमा १० लाखभन्दा बढी विस्थापित

हङकङमा अहिलेसम्मकै उच्च तापक्रमको नयाँ कीर्तिमान, ३६.९ डिग्री सेल्सियस पुग्यो

इरानसँगको युद्धपछि अमेरिकी हतियार भण्डारमा दबाब, उत्पादन बढाउन पेन्टागनको निर्देशन

हर्मुज खुला गर्ने सर्तमा ट्रम्प परमाणु सम्झौताबाट पछि हट्लान् ? इरानसँग नयाँ समझदारीको संकेत

भारतको आर्थिक वृद्धिको चमकभित्र बेरोजगार युवाको बेचैनी !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu