ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत र पाकिस्तानका सुरक्षाकर्मीबिच गोली हानाहान


एबीसी न्यूज
१५ फाल्गुन २०७५, बुधबार   ८ : ५३   बजे




काठमाडौँ,१५ फागुन । भारतीय हवाई सेनाले मंगलबार बिहानै सीमा क्षेत्रको नियन्त्रण रेखा पार गरेर पाकिस्तान प्रशासित क्षेत्रमा बिस्फोटक पदार्थ खसालेपछि तनाव थप बढेको छ ।

नियन्त्रण रेखाका विभिन्न क्षेत्रमा भारत र पाकिस्तानका सुरक्षाकर्मीबिच गोली हानाहान भएको छ । सीमा क्षेत्रको कश्मीरसँग जोडिएको नियन्त्रण रेखामा लागु भएको युद्ध विराम उल्लंघन गरेको आरोप भारत र पाकिस्तानले एक अर्कामाथि लगाएका छन् ।

मंगलबार बेलुका कोटली सेक्टरमा भारतीय सुरक्षाकर्मीको गोली लागेर चारजनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् ।

ज्यान गुमाउनेमा तीन महिला र एक बालक रहेका छन् । गोली लागेर अरु केही घाइते भएका छन् । भारतीय सुरक्षाकर्मीले नियन्त्रण रेखाको रवाकोट, भांबर, चाकोत र कोटलीमा मेसिनगन प्रहार गरेको छ । यस्तै मोटार पनि प्रहार गरेको छ ।

भारतीय हवाई सेनाको विमानले मंगलबार बिहानै बालाकोट क्षेत्रमा बिस्फोटक पदार्थ खसालेको थियो ।

पाकिस्तानी सेनाले अखनूर, नौशेरा र कृष्णा घाटी क्षेत्रमा गोली चलाएको भारतीय आरोप छ । पाकिस्तानी सेनाले पनि नियन्त्रण रेखामा लागु भएको युद्ध विराम उल्लंघन गरेको भारतीय सेनाले आरोप लगाएको छ ।

पाकिस्तानको तर्फबाट प्रहार भएको गोली लागेर पाँच सुरक्षाकर्मी घाइते भएको भारतीय सेनाले दाबी गरेको छ ।

भारतीय सेनाले पुंछ र राजौरी जिल्लामा नियन्त्रण रेखाबाट पाँच किलोमिटरको दूरीमा रहेका विद्यालयल अर्को आदेश नआएसम्म बन्द गर्न आदेश दिइएको छ ।

भारत प्रशासित जम्मू–कश्मिरको पुलवामा जिल्लामा फेब्रुअरी १४ मा भएको चरमपन्थी आक्रमणमा सिआरपिएफका ४६ जवानको ज्यान गएपछि तनाव बढेको हो ।

भारतले आक्रमणमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको छ र पाकिस्तानले ठाडै अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘निःशुल्क भिसा–टिकट’ व्यवस्था पुनरावलोकन गर्दै सरकार, व्यावहारिक शुल्क तोक्ने तयारी

बिरामीको चाप बढ्यो, जनशक्ति अभावले स्याङ्जा प्रदेश अस्पताललाई चुनौती

सम्बन्धित

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

रुसका सैन्य र ऊर्जा पूर्वाधारमा युक्रेनको लामो दूरीको आक्रमण, ८ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu