ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नोबेल पुरस्कारबाट तीन बैज्ञानिक सम्मानित


admin
१९ आश्विन २०७४, बिहिबार   ११ : ५५   बजे

स्टकहोम (स्विडेन), १८ असोज ।  यस बर्षको रसायन शास्त्र बिधातर्फको नोबेल पुरस्कारबाट तीन जना बैज्ञानिक सम्मानित भएका छन् ।

(जाकेस डुबोसेट, जोएसिम फ्र्याङ्क र रिचार्ड हेन्डर्सन)

रसायन शास्त्र बिधामा निरन्तर अनुसन्धान र नवीन आबिष्कारमा समर्पित तीन जना बैज्ञानिकहरु – जाकेस डुबोसेट, जोएसिम फ्र्याङ्क र रिचार्ड हेन्डर्सनलाई संयुक्त रुपमा नोबेल केमिस्ट्रि प्राइजबाट पुरस्कृत गरिएको हो । यस पुरस्कारको धनराशी ९० लाख स्विडिस क्रोनार (करिब ११ लाख अमेरिकी डलर) बराबर रहेको जनाइएको छ ।

शरीरका अति सूक्ष्म र जमेका जीवाणु पत्ता लगाउने तथा तिनीहरुका गतिबिधि अवलोकन गर्ने (इमेजिङ्ग टाइनि एण्ड फ्रोजन मोलिक्युल्स) अत्याधुनिक प्रबिधियुक्त नवीनतम बैज्ञानिक उपकरणः क्रायो–इलेक्ट्रोन माइस्क्रोस्कोपिको आविष्कार र निर्माण गरे बापत उहाँहरुलाई नोबेल केमिस्ट्रि प्राइज प्रदान गरिएको हो ।

क्रायो–इलेक्ट्रोन माइस्क्रोस्कोपि विधिलाई अति सरल र उच्च प्रभावकारी प्रविधि ठह¥याउँदै नोबेल केमिस्ट्रि कमिटीले ूकूल मेथडू भन्ने संज्ञा दिएको छ ।

यस नवीनतम प्रविधिको प्रयोगबाट अबदेखि विद्युतीय प्रकाश (इलेक्ट्रोन बिम) को सहायताले शरीरमा अति सूक्ष्म र जमेका जीवाणु बसेका कोशिकाको फोटो खिँच्न अनुसन्धानकर्ताहरुलाई सहज हुने पनि नोबेल केमिस्ट्रि कमिटीले जनाएको छ ।

यस प्रविधिले शरीरको कोशिकामा रहेका हानिकारक भाइरस, प्रोटिन लगायत अति सूक्ष्म जिवाणु र तत्वहरुको विस्तृत नालीबेली ज्ञात गराउन सहयोग पुग्नेछ । साथै, यसै प्रविधिले अब ूजिका भाइरसू बाट उत्पन्न कठिन रोगहरुको औषधी, उपचार, नियन्त्रण तथा रोकथाम गर्ने विश्वास नोबेल केमिस्ट्रि कमिटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दिनपछि जंगलमा सकुशल भेटिए साढे दुई वर्षीय शिवान

नेपाल–साउदी सम्बन्ध थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण र संवादमा जोड

सम्बन्धित

भारत भ्रमणमा जाने सम्भावना कम, ‘सम्मानजनक निमन्त्रणा र विश्वासको वातावरण चाहिन्छ’ : बंगलादेश

अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.५ प्रतिशत पुग्यो

ट्रम्पको ‘होर्मुज नियन्त्रण’ दाबी, तर जहाजको आवतजावतले देखाउँछ इरानको प्रभाव कायमै

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा सुनखानीमा पहिरो, १०७ जनाको मृत्यु

भारतमा सरकारी विद्यालय सुधारका लागि सीजेपीको ‘फिक्स द स्कुल्स’ अभियान

किभमा रुसी मिसाइल आक्रमण, पाँच जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu