ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकस्तानले ग¥यो हवाई उडानका लागि आकाश पूर्णरुपमा खुला


admin
२० फाल्गुन २०७५, सोमबार   ४ : ३८   बजे

 एजेन्सी,२० फागुन । हवाई उडानका लागि आफ्नो आकाश सोमबारदेखि पूर्ण रुपमा खुला गरेको जनाएको छ । पाकिस्तान र भारतबीच सैनिक तनाब बढेसँगै पाकिस्तानले आफ्नो आकाश हवाई उडानका लागि बन्द गरेको थियो । 

पाकिस्तानले गत बुधबार आदेश जारी गरेसँगै हवाई उडान अबरुद्ध हुँदा युरोप र एसियाबीचको हवाई यात्रामा नराम्रो असर परेको थियो । हजारौं हवाई यात्रु विश्वका विभिन्न विमानस्थलमा अलपत्र परेका थिए । 

विश्व समुदायले आणविक शक्तिराष्ट्र भारत र पाकिस्तान दुबैलाई संयम अपनाउन आग्रह गरेका थिए । पछिल्लो समय दुबै मुलुकले एकअर्काका युद्धक विमान खसालेको दाबी गरेका थिए । यही क्रममा एकजना भारतीय लडाकू विमानका चालकलाई पाकिस्तानले गिरफ्तार गरी भारतलाई बुझाएको थियो । 

“पाकिस्तानका सबै विमानस्थलहरु र पाकिस्तानी आकाश खुला गरिएको छ,” पाकिस्तानी नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले जनाएका छन् । 

पाकिस्तानी आकाश बन्द गरिँदा युरोप र दक्षिण एसियाका धेरै मार्गहरु बन्द भएका थिए । विश्वकै नवौं अग्लो पाकिस्तानको नाँगा पर्वतमा हराइरहेका दुई जना बेलायती र इटालेली पर्वतारोहीको खोजी कार्यमा समेत असर परेको छ । 

पाकिस्तानले शुक्रबारदेखि नै आफ्नो हवाई आकाश खुला गर्न थालेको थियो । पाकिस्तानी आकाश खुला हुनुलाई दुई देशबीच जारी तनाब विस्तारै कम हुन थालेको रुपमा पनि हेरिएको छ । पछिल्लो समय दुबै देशबाट एकअर्का मुलुकभित्र हवाई आक्रमण हुन छाडेका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group