ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सम्झनामा झापा विद्रोहः प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्ड सुखानी जाँदै


एबीसी न्यूज
२१ फाल्गुन २०७५, मंगलबार   ८ : २७   बजे


काठमाडौँ, २१ फागुन । आज फागुन २१ गते संघीय संरचनामा गएको देशमा आइतबार संघीय सांसदहरूको सपथ भएको छ । प्रदेशमा सरकार गठन भएका छन् । नयाँ संविधानअन्तर्गत देशले नयाँ बाटो लिएको छ । कम्युनिष्टहरू एकैथलोमा उभिएर देशलाई राजनीतिको नयाँ शिराबाट अघि बढाउने नागरिकमाझ प्रतिबद्धता गरेका छन् ।

जुन सपना ती सहिदहरूले देखेका थिए । त्यही आजको दिनले ४६ वर्षअघिको घटना ताजा गराइदिन्छ, जुन कम्युनिष्ट आन्दोलन र झापा विद्रोहको शीर्ष स्थानमा रहेको सुखानी हत्याकाण्डले । सुखानी हत्याकाण्डलाई हरेक वर्ष कम्युनिष्टहरूले कम्युनिष्ट आन्दोलनको इतिहासका रूपमा सम्झने गरेका छन् । ४६ वर्षअघि कम्युनिष्ट आन्दोलनका क्रममा पाँचजनाले सहादत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ देशभर परिचित छ । कम्युनिष्ट आन्दोलनलाई उचाइमा र्पुयाउने झापा विद्रोहसँगै ढलेका तिनै सहिदहरुलाई सरकारले २०७२ फागुन १८ गते राष्ट्रिय सहिदका रूपमा घोषणा र्गयो ।

झापा आन्दोलनका क्रममा तत्कालीन भूमिगत कम्युनिष्ट पार्टीका तत्कालीन मेची–कोसी को–अर्डिनेसन कमिटीबाट विद्रोह गरेर बनेको कोअर्डिनेसन कमिटी, झापाले वर्गशत्रु खतम अभियान र तत्कालीन पञ्चायती दमनको विरुद्ध मोर्चाबन्दी गरेको आरोपमा फउ परेका पाँचजना योद्धालाई झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने बहानामा २०२९ फागुन २१ गते सुखानीको जंगलमा लगेर हत्या गरिएको थियो ।

नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई दानाबारीस्थित सुखानीमा आजकै दिन हत्या गरिएको थियो । घिमिरे, कुइँकेल र श्रेष्ठ झापाको गरामनी, दाहाल चारपाने तथा राजवंशी ज्यामिरगढीका बासिन्दा थिए । उनीहरुलाई हत्या गरिएकै स्थानमा अहिले सहिदकै संख्याका पाँच रुख छन् । घटनास्थललाई सहिद स्मारकको नाम दिएर संरक्षण गरी राखिएको छ । सुखानी दानाबारीस्थित इलाम र झापाको सिमानामा पर्छ । यसअघि झापाको अर्जुनधारा नगरपालिकाभित्र सालबारीमा सहिद पार्कको निर्माण गरिएको छ । पाँचै सहिदको पूर्णकदको शालिक उभ्याइएको छ ।

तर जनतामा परिवर्तनको आभास दिलाउने किसिमका काम गर्न अझै बाँकी रहेको बामपन्थी कार्यकर्ताहरुको भनाई छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक हुन अघि छुट्टा छुट्टै कार्यक्रम गरेर मनाइने गरेको फागुन २१ गतेको स्मृतिसभा यस पटक भने संयुक्त कार्यक्रम गरेर मनाइँदैछ। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुखानी जाने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागलुङ कालिका भगवती गुठीको अध्यक्षमा रामबहादुर खड्का नियुक्त

भोटेकोशी बाढी : नेपाल विद्युत् प्राधिकरणका दुई सयभन्दा बढी कर्मचारी सम्पर्कविहीन

सम्बन्धित

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन

३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

विश्वप्रकाशको आग्रह- सर्वोच्चले अन्तरिम आदेश नदिएपछि घरायसी विवादमा अलमल नगरौँ, संकटमा मिलौँ

एनआईसी एशिया बैंकद्वारा बाढीपीडितका लागि २ करोड २१ लाख सहयोग

सानिमा बैंकले शेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने

जनैपूर्णिमामा भक्तपुरका किसानले भ्यागुतालाई खुवाए भोज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu