ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामुदायिक वनलाई नमूना बनाउँदै महिला


एबीसी न्यूज
२१ फाल्गुन २०७५, मंगलबार   ३ : २१   बजे


काठमाडौँ, २० फागुन । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ वैजापुरस्थित भुवर भवानी सामुदायिक वनलाई जिल्लाकै नमूना वन बनाउन महिला कस्सिएका छन् । 

एघार जनाको कार्यसमितिमा कार्यकारी पद अध्यक्ष, सचिव, कोषाध्यक्षसहित सात महिला छन् । चार मात्र पुरुष छन् । विसं २०६० मा स्थापना गरिएको सो वनको नेतृत्व लिने कोही नभएपछि चार वर्ष अघि सीता परियारको अध्यक्षतामा कार्यसमिति चयन गरिएको थियो । “उपभोक्ताको मन जितेर काम गर्दै आएका छौँ”, अध्यक्ष परियारले भन्नुभयो, “हामी नेतृत्वमा पुग्नु अघि संस्था ऋणमा थियो । ऋण तिर्नुपर्ने भएपछि वनको नेतृत्व सहजरुपमा महिलालाई जिम्मा लगाइएको हो ।” 

“ऋण चुक्ता गरी संस्थालाई मुनाफामा पु¥याएका छौँ”, उहाँले भन्नुभयो । भुवर भवानी सामुदायिक वन उपभोक्ता समूह बाँकेकै नमूना बन्न पुगेको छ । समूहले नमूना भवनसमेत निर्माण गरेको छ । समूहमा अहिले रु तीन करोडभन्दा बढीको काठ सञ्चित छ । काठ बेचेर प्राप्त भएको रु १७ लाखसहितको रकमले भवन निर्माण गरिँदै छ । “अहिलेसम्म रु २५ लाख खर्च भइसकेको छ”, अध्यक्ष परियारले भन्नुभयो । 

सिक्टा सवडिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत मनोज साहले संस्थालाई उकास्न महिलालाई नेतृत्व सुम्पिएको बताउनुभयो । स्थानीय उपभोक्ता एवं पूर्व सांसद पट्टु थारू महिलाले नेतृत्व गरेको सामुदायिक वन उदाहरणीय बनेको बताउनुहुन्छ । समूहमा आयस्रोत जुटाएपछि पदको लागि तछाडमछाड शुरु भएको समूहकी सचिव सङ्गीता थारूले बताउनुभयो । वनसँग साल, अस्ना, जामुन, कर्मालगायतको १२ हजार क्युफिट काठ मौज्दात छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group