काठमाडौं,९ चैत । सुर्य बहादुर तामाङको उत्कृष्ट शव्दमा रहेको लोक दोहोरी गीत ‘जेलको ‘बजारमा आउदै छ ।
विभिन्न परिबन्धमा परेर जेल जिवन बिताईरहेकाहरुको दुःख पिडा अब गित मार्फत सुन्न पाईने छ । सुर्यगडि गाँउ पालिका– ५ नुवाकोटका तामाङ्गले आफ्नै कथा व्यथालाई समेटेर गितको शब्द रचना गर्नु भएको हो ।
तामाङ्गले जेल भित्रै लेखेका दु :ख पिडाहरुलाई रामजी खाँड र शान्ती श्री परियारको आवाजमा सुन्न पाईन्छ । यस गीत संगीत संयोजन बिशाल निरौलाले गर्नु भएको छ ।
जेल भित्रै बसेर तयार गरेको उक्त गितको जेल भित्रकै आन्तरीक प्रशाशन र जेल प्रशासनको सहयोगमा सार्वजनिक पनि जेल बाटै गरिएको तामाङ्गले बताउनु भएको छ ।
जेल जिवन बिताउने क्रममा भोगेका दुःख पिडा र उतार चढाबले श्रृजना भएको उक्त गितको भिडियो पनि चाँडै दर्शक माझ आउने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्