ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली स्याटेलाइट वैशाख ४ गते प्रक्षेपण हुने


एबीसी न्यूज
२१ चैत्र २०७५, बिहिबार   ७ : ५४   बजे


काठमाडौं, २१ चैत । नेपाली वैज्ञानिकले बनाएको पहिलो नानो स्याटेलाइट ९भूउपग्रह० वैशाख ४ को राति २ बजे अमेरिकाको भर्जिनियाबाट प्रक्षेपण हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का वैज्ञानिकहरूले जापानमा बनाएको स्याटेलाइट जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी (ज्याक्सा)को सहयोगमा प्रक्षेपण गरिने भएको हो।

उनीहरुले संयुक्त राष्ट्र संघको बर्ड्स कार्यक्रमअन्तर्गत जापानमा इन्जिनियरिङ पढिरहेका छन् । आभाष र हरिरामले जापानमा रहेको क्यूसु इन्स्ट्च्यिूट अफ् टेक्नोलोजी क्यूटेकसँगको सहकार्यमा नानो स्याटेलाइट बनाएको नास्टको प्रविधि विभागका प्रमुख डाक्टर रवीन्द्र ढकालले बताउनुभयो ।

स्याटेलाइट बनाउन सरकारले नास्टलाई एक करोड ८२ लाख रुपैयाँ दिएको छ । नेपाली युवा वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठ नानो स्याटेलाइट निर्माण गर्दै
नेपाली युवा वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठ नानो स्याटेलाइट निर्माण गर्दै

अप्रिल १७ तारिखमा अमेरिकाबाट नेपाली युवाले ‘नेपाली स्याट’ नाम दिइएको नानो स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरिनेछ । स्याटेलाइटमा नेपालको झण्डा भएको स्टिकर टाँसिएको छ ।

नेपालले पूर्ण क्षमताको स्याटेलाइट ३५ महिनाभित्र अन्तरिक्षमा पठाउने तयारी गरिरहेका बेला नानो स्याटेलाइटलाई अन्तरिक्षमा पठाउने तयारीलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिइएको छ ।

प्रविधि पत्रकार मञ्च (टीजेएफ) र नेपाल दूरसञ्चार प्राधिकरणले काठमाण्डौमा गरेको अन्तरक्रियामा नास्टको प्रविधि विभागका प्रमुख डाक्टर रवीन्द्र ढकालले नेपालले व्यावसायिक प्रयोजनको लागि अन्तरिक्षमा पूर्ण क्षमताको अन्तरिक्ष पठाउने तयारी गरेको बेला नानो स्याटेलाइट प्रक्षेपणले ठूलो महत्व राख्ने बताउनुभयो ।

‘भू–उपग्रहमा नेपालको स्थान छ तर स्याटेलाइट छैन, नानो स्याटेलाइट प्रक्षेपणले हाम्रो स्थान रहेको र भविष्यमा पूर्ण क्षमताको स्याटेलाइट प्रक्षेपण गर्ने कुरालाई बल पुर्‍याउनेछ’, उहाँले भन्नुभयो ।

कस्तो छ नानो स्याटेलाइट र के काम गर्छ ?

अन्तरिक्ष यात्रामा पहिलो कदमस्वरुप नेपालको झण्डासहित वैशाख ४ गते नानो स्याटेलाइट प्रक्षेपण गरिनेछ । यो अन्तरिक्षमा पुगेर स्थान लिन जेठ पहिलो हप्तासम्म लाग्नेछ । यसको तौल १३ सय ग्राम छ । र यसको साइज क्यूब आकारमा जम्मा १० सेन्टिमिटर मात्रै हुनेछ ।

यो सानो भएको र परिक्षणका लागि धेरै ध्यान दिइएकोले नेपालले अन्तरिक्षमा जुन स्थान पाएको छ, त्यो स्थानसम्म पुग्नेछैन । पृथ्वीबाट ४ सय किलोमिटरको दूरीमा नै नेपाली स्याटेलाइट रहनेछ । यसको आयु ३ वर्ष हुनेछ । ३ वर्षपछि यसका उपकरण आफै जलेर नष्ट हुनेछन् । नानो स्याटेलाइटमार्फत नेपालले नेपालको भौगोलिक अवस्था र अरु केही नेटवर्किङका बारेमा जानकारी लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागलुङ कालिका भगवती गुठीको अध्यक्षमा रामबहादुर खड्का नियुक्त

भोटेकोशी बाढी : नेपाल विद्युत् प्राधिकरणका दुई सयभन्दा बढी कर्मचारी सम्पर्कविहीन

सम्बन्धित

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन

३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

विश्वप्रकाशको आग्रह- सर्वोच्चले अन्तरिम आदेश नदिएपछि घरायसी विवादमा अलमल नगरौँ, संकटमा मिलौँ

एनआईसी एशिया बैंकद्वारा बाढीपीडितका लागि २ करोड २१ लाख सहयोग

सानिमा बैंकले शेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने

जनैपूर्णिमामा भक्तपुरका किसानले भ्यागुतालाई खुवाए भोज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu