ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुरको सल्लाघारीमा मानव कङ्काल भेटियो


एबीसी न्यूज
२१ चैत्र २०७५, बिहिबार   ११ : ३५   बजे


भक्तपुर, २१ चैत्र – भक्तपुरको चित्तपोलमा बुधबार मानव कङ्काल भेटिएको छ । सूर्यविनायक नगरपालिका–१० चित्तपोलको सल्लाघारीमा टाउको छुट्टिएको अवस्थामा मानव कङ्काल भेटिएको हो ।

जङ्गलमा घाँस दाउराका लागि गएका स्थानीयवासीले सो कङ्काल देखेर प्रहरीलाई खबर गरेका थिए । कङ्कालको केही पर कपडासमेत भेटिएको छ ।

कङ्काल सूर्यविनायक नगरपालिका–१० का १५ वर्षीय रबिन खत्रीको भएको रबिनका बुबाले दाबी गरेका छन् । रबिन गत मङ्सिर २७ गते हराएका थिए । कङ्काल नजीक फेला परेको कपडाका आधारमा कङ्काल रबिनको भएको उनका बुबाले दाबी गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।

प्रहरीले भने भेटिएको कङ्काल रविन भएको पुष्टि गरेको छैन । प्रहरीले कङ्कालको सनाखतका लागि डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ । कपडाले मात्रै सनाखत हुन नसक्ने भएकाले कङ्कालको सनाखत तत्काल नगरेको प्रनाउ पोखरेलले बताए ।

उनले डिएनए परीक्षणपछि मात्र कङ्कालको सनाखत गर्ने जानकारी दिए । उनले भने, ‘मानव कङ्काल मात्र फेला परेको अवस्थामा कपडाले कङ्काल नजीक भेटिएको कपडाले मात्रै सनाखत हुन नसक्ने भएकाले डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको हौँ ।’

घटनाको सम्बन्धमा प्रहरीले सूक्ष्म अनुसन्धान शुरु गरेको जानकारी दिँदै उनले भने, ‘कङ्काल भेटिएको अवस्थाले हत्या गरेर फालेको हुन सक्ने देखिएको छ । सोही अनुसार घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएका छौँ ।’ रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागलुङ कालिका भगवती गुठीको अध्यक्षमा रामबहादुर खड्का नियुक्त

भोटेकोशी बाढी : नेपाल विद्युत् प्राधिकरणका दुई सयभन्दा बढी कर्मचारी सम्पर्कविहीन

सम्बन्धित

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन

३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

विश्वप्रकाशको आग्रह- सर्वोच्चले अन्तरिम आदेश नदिएपछि घरायसी विवादमा अलमल नगरौँ, संकटमा मिलौँ

एनआईसी एशिया बैंकद्वारा बाढीपीडितका लागि २ करोड २१ लाख सहयोग

सानिमा बैंकले शेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने

जनैपूर्णिमामा भक्तपुरका किसानले भ्यागुतालाई खुवाए भोज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu