![](https://www.abcnepal.tv/wp-content/uploads/2019/04/ddd.png)
काठमाडौं,२२ चैत । कुनै समयमा व्यस्त भएकी नायीका नन्दिता केसि अमेरिका गएपछि फिल्म क्षेत्रबाट टाढा भएकी छन । नायीका केसीको पछिल्लो नेपाली कथानक चलचित्र ‘अमेरीकन बाबु मेड इन नेपाल’ सार्वजनिक गरिएको छ ।
अमेरीकामा निर्माण गरिएको र अमेरीका र क्यानडामा रुचाइएको चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’ सिधै यूटुवमा रिलिज गरिएको हो ।
ड्रिम्स गेट नेपालको व्यानरमा निर्माण गरिएको चलचित्र ‘अमेरीकन बाबु मेड इन नेपाल’ले लगानिको ८० प्रतिशत यूएसए र क्यानडा बाट उठाइसकेको बताइएको छ । बाबु बोगटी, नन्दिता केसी, स्मृति पोखरेल, एहशान ढकाल, राजेश गुरुङ, क्रिस थापा, अन्जली लामा, प्रवेश उप्रेती पल, प्रियंका आएर, रघु गिरि, जंगबु शेर्पा, सुरेन्द्र बास्तोला लगायतका कलाकारको अभिनय रहेको चलचित्र राजेश गुरुङ, मन्जु राना र सम्झना उप्रेतिले निर्माण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्