ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाल्पामा प्रदेश तथा प्रतिनिधि सभाको चुनावी चहलपहल


admin
२३ आश्विन २०७४, सोमबार   ३ : १५   बजे

रामपुर (पाल्पा), २३ असोज । आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि पाल्पामा चहलपहल बढ्न थालेको छ । यतिबेला बजार, गाउँ तथा टोल÷टोलमा निर्वाचनका विषयमा चर्चा हुन थालेको छ ।
अहिले बजारका चोक, गाउँ, टोल, चौतारी, खुल्ला चउर, चिया पसलमा भेला भएका मतदाताले पार्टीले कस्तो व्यक्तिलाई टिकट दिदैँछ भनी चासो लिन थालेका छन् ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) लगायतका दलले आकांक्षी उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाएपछि जिल्लामा यतिबेला चुनावी सरगर्मी बढ्दै गएको हो ।

विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता पनि गाउँ÷गाउँमा जाने तयारीमा छन् । स्थानीय तहको निर्वाचनमा मतदान गरेका यहाँका मतदाताले प्रदेश र प्रतिनिधि सभामा पनि पार्टीगत नभइ कुशल राजनीतिज्ञ, विकासप्रेमी उम्मेदवारलाई मतदान गनुपर्छ भन्ने पक्षमा छन् ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका विभिन्न दलले कुशल राजनीतिक व्यक्तित्व भएको व्यक्तिलाई प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार बनाउनुपर्छ भन्नेमा उनीहरुको मत छ ।

निर्वाचनकै सम्बन्धमा जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दल यतिबेला छलफलमा जुटिरहेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा दुई वटा निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि चारवटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

बागमतीमा एमालेका ६ मन्त्रीले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu