ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली प्रदेश जुम्ला जिल्लामा निशुल्क क्यान्सर तथा जनरल शिविर सम्पन्न


एबीसी न्यूज
२६ चैत्र २०७५, मंगलबार   १० : ०२   बजे

काठमाडौं , २६ चैत । कर्णाली प्रदेश जुम्ला जिल्लाको सिजा गाँउपालिकामा निशुल्क क्यान्सर तथा जनरल शिविर सम्पन्न भएको छ । थाहा फाउन्डेसनको आयोजनामा चैत २१ र २२ गते शिविर संचालन भएको थियो । शिविरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोग रहेको थियो ।

शिविरको उद्घाटन गर्दै कर्णाली प्रदेशका पशु पंक्षी राज्य मन्त्री गोमा कुँवरले थाहा फाउण्डेसनले धेरै राम्रो काम गरेको बताईन् । महिलाको शरिरमा धेरै जोखिमपुर्ण रोगहरु लाग्ने हुदाँँ रोगबाट बच्न शिविर तथा जनचेतना मुलक कार्यक्रमले धेरै सहयोग पु¥याउने उनले बताईन् ।

शिबिरमा कर्णाली स्वास्थ बिज्ञान प्रतिष्ठानका रेक्टर डा कमलराज शर्मा सहितको टोलिमा स्त्रीरोग बिशेषज्ञ, क्यान्सर सर्जन, मेडिकल सर्जन छाला रोग बिशेषज्ञ, मुटु तथा मधुमेय बिशेषज्ञ तथा नर्सहरुको सहभागिता रहेको कार्यक्रम संयोजक दल बहादुर जि।सीले जानकारी दिए । शिबिरमा आएका विरामीलाई ७२ किसिमका विभिन्न औषधी निशुल्क उपलब्ध गराईएको थियो ।

विकट स्थानमा राखिएको शिविरबाट विरामीले लाभ लिएका छन् । अरुवेला रोग लुकाउने मानिसले पनि शिविरमा खुलेर आफ्ना समस्या राखेको थाहा फाउण्डेसन का अध्यक्ष सरस्वती अधिकारी सरु ले जानकारी दिईन् । विकट ठाँउमा शिविर संचालन गरेर सेवा गर्न पाउदा अधिकारी खुसी छन् । उनले भावुक हुदै अफ्नो पिडा पनि पोखिन् । करिव ८ बर्ष पहिला आफुलाइ क्यान्सर भएको र समयमा नै उपचार गर्दा ठिक भएको वताईन् । आफुले पिडा भोगेका कारण अरुलाई पिडा नहोस भनेर देशका विभिन्न २० स्थानमा शिविर संचालन गरिसकेको अधिकारी बताउछिन् । ‘म यस कार्यलाई अझै धेरै ठाँउमा लैजानेछु र शिविर सगै जनचेतना पनि जगाउनेछु’, उनले भनिन् ।

शिविर सफल पार्न सहयोग गरेकोेमा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भन्डारी, किटस्याक नेपालका दलवहादु जि।सी तथा समस्त प्राविधिक टोली तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहयोगी र साथीहरु प्रती आभार व्यक्त गरिन् । फाउन्डेसनले सोही ठाउँका बिपन्न तथा उत्पिडित बालबालिकालाई १८० थान न्यानो ज्याकेट र पचास बर्ष कटेकालाई ५सय थान टोपी र सारी पनि बितरण गरेको संस्थाका उपाध्यक्ष राधा सुवेदीले जानकारी दिईन् । शिविरमा कोषाध्यक्ष रेनु सुवेदी ,सदस्य कृष्ण गिरी ,ने क पा युवा सदस्य पदम शाही लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागलुङ कालिका भगवती गुठीको अध्यक्षमा रामबहादुर खड्का नियुक्त

भोटेकोशी बाढी : नेपाल विद्युत् प्राधिकरणका दुई सयभन्दा बढी कर्मचारी सम्पर्कविहीन

सम्बन्धित

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन

३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

विश्वप्रकाशको आग्रह- सर्वोच्चले अन्तरिम आदेश नदिएपछि घरायसी विवादमा अलमल नगरौँ, संकटमा मिलौँ

एनआईसी एशिया बैंकद्वारा बाढीपीडितका लागि २ करोड २१ लाख सहयोग

सानिमा बैंकले शेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने

जनैपूर्णिमामा भक्तपुरका किसानले भ्यागुतालाई खुवाए भोज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu