ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पौवाको ‘न्यु ईयर ईभ’ भैरहवा देखि जुम्लासम्म


sharan sharan
२६ चैत्र २०७५, मंगलबार   १० : ०९   बजे

बुटवल, २६ चैत्र । सामान्यतया अंग्रेजी नयां वर्षमा मात्र मनाईने गरेको न्यु ईयर ईभलाई नेपाली पहिचानको हस्पीटालिटीको दाबी गर्दै आएको होटल पौवाले नेपाली नयांवर्षमय बनाउन थालेको छ । रुपन्देहीको भैरहवा, कर्णाली प्रदेशको जुम्लामा तथा दाङको भालुवाङका शाखाहरुमा एकै साथ पौवाले न्यु ईयर ईभ गर्न थालेको होटल ब्यवस्थापनले जनाएको छ ।
आज दाङको भालुवाङ स्थित होटल पौवामा आयोजित पत्रकार सम्मेलनमा नेपाली पहिचानको सेवा सहित नेपाली संस्कृति र चाडपर्वको जगेर्ना गर्नपनि ईभ गर्न थालिएको बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै होटल पौवा प्रा.लिका प्रबन्धनिर्देशक बिष्णु ज्ञवालीले नेपाली पहिचान जोगाउने उद्देश्यका साथ नेपाली नयां वर्षमा कार्यक्रम गर्न थालिएको बताउनु भयो । उहांले चैत्र मसान्तका दिन रुपन्देहीको भैरहवा, कर्णाली प्रदेशको जुम्ला तथा दाङको भालुवाङमा नयां वर्ष सांगितीक सांझको आयोजना हुने जानकारी दिनुभयो ।

ज्ञवालीका अनुसार चार वर्ष अघि नेपाली पहचिान सहितको हस्पिटालिटी प्रदान गर्ने भन्दै स्थापना भएको होटल पौवाको भैरहवामा राष्ट्रिय ख्यातीप्राप्त कलाकार पशुपति शर्मा, कमल खत्री, सन्तोष लामा सहित स्थानीय कलाकारले मनोरञ्जन प्रदान गर्नेछन् भने जुम्लामा स्थानीय दोहोरी गित प्रतियोगिता हुनेछ । भालुवाङमा चर्चित दोहोरी गायीका राधीका हमाल र राजु परियारले मनोरञ्जन दिने छन् ।
नाफा कमाउने उद्धेश्य भन्दा पनि नयाँ वर्ष ईस्बी सम्बतमा मात्र होईन नेपालकै बिक्रम सम्बतमा पनि हुन सक्दछ भन्ने बुझाउन कार्यक्रम राखिएको ज्ञवालीको भनाई छ ।
कार्यक्रममा पत्रकार महेस रिजालले नेपाली पहिचान जोगाउन पौवाले गर्नलागेको प्रयासमा सबैको साथ रहनुपर्ने बताउनु भयो । आयोजकका अनुसार होटल पौवा जुम्लामा चैत्र मसान्त मध्यान्हमा देउडा सहितको दोहोरी गिती प्रतियोगिता हुनेछ भने भैरहवा र भालुवाङको कार्यक्रम साँझ ६ बजे देखि मध्यराती १२ बजे सम्म आयोजना हुनेछ ।

पौवाले रुपन्देहीको भैरहवा र सालझण्डी, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ र लमहि तथा कर्णालीको जुम्लामा सेवा दिंदै आएको छ भने बुटवलमा जेठ महिनादेखि पौवाको सेवा सुरु हुने होटल पौवा प्रालिका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीले बगाएको सेफ तोडेर पैसा चोरेको आरोपमा २९ जना पक्राउ

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

सम्बन्धित

पोखरामा भदौ २० गते २७औँ तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव

बलिउड कलाकार नेपालका बाढीपीडितको साथमा, सोनु सुदले दिए सहयोगको वाचा

दुर्गेश थापा बाढीपीडितलाई राहत लिएर नुवाकोटतर्फ

‘आचार्य’को विदेशमा बढ्दो माग, उच्च मूल्यमा ओभरसिज राइट्स बिक्री

‘पार्वती’को पहिलो दिनको सम्पूर्ण कमाइ बाढीपीडितलाई दिइने

बाढीपीडितको साथमा नेपाली कलाकार, राहत कोषमा लाखौँ रुपैयाँ सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu