ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘मिस ज्यापू पेजेण्ट’ को तेस्रो संस्करण आयोजना


admin
२४ आश्विन २०७४, मंगलबार   १२ : ५४   बजे

काठमाडौँ, २४ असोज । नाफा मण्डलले ज्यापू दिवसको अवसर पारेर यही कात्तिक २५ गते ‘मिस ज्यापू पेजेण्ट’ को तेस्रो संस्करण काठमाडौँमा आयोजना गर्ने भएको छ ।

ज्यापू समुदायका वेशभूषा, संस्कृति तथा सभ्यतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको हो ।

ज्यापू समुदायका १७ देखि २४ वर्षसम्मका १९ किशोरीको सहभागिता रहने प्रतिस्पर्धात्मक कार्यक्रममा सहभागीले स्वदेशी उत्पादनबाट बनेका हाकु पटासी तथा तानबाट निर्माण गरिएका कपडाको प्रयोग गर्नेछन् ।

सहभागीलाई काठमाडौँ उपत्यकाका विभिन्न शहरका साथै कीर्तिपुर, मकवानपुरको टिस्टुङलगायत स्थानमा ज्यापू बस्तीको अवलोकन भ्रमण गराइनेछ । उनीहरुलाई नेवारी समुदायको रहनसहन, खानपिनका बारेमा पनि सिकाइनेछ ।

समुदायले परम्परागत रुपमा गर्दै आएको खेती तथा प्रविधिको विकाससँगै आधुनिक खेती प्रणालीमा आएको परिवर्तनबारे पनि सहभागीलाई जानकारी गराइने छ ।

कार्यक्रममा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु ५० हजार, रु २५ हजार र रु १५ हजार पुरस्कार प्रदान गरिनेछ ।

नाफा मण्डलका सल्लाहकार तीर्थराम डंगोलले सो समुदाय परापूर्वकालदेखि नै काठमाडौँ उपत्यकामा बसोबास गरी कृषि पेशामा संलग्न हुँदै आएको बताउँदै कृषि क्षेत्रको विकासमा महत्वपूर्ण योगदान रहेको भएपनि अहिले विभिन्न क्षेत्रबाट भएका अतिक्रमणले उनीहरुको संस्कृति तथा पहिचान नै संकटमा परेको अवस्थामा आयोजना गर्न लागिएको सो कार्यक्रमले ठूलो सन्देश फैलाउने बताउनुभयो ।

कार्यक्रमका संयोजक नयन्द्रराज डंगोलले सो समुदायको संस्कृति संरक्षणका लागि संस्था क्रियाशील रहेको जानकारी दिनुभयो ।

निःशुल्क धिमे, बाँसुरी, पश्चिमालगायत नेवारी बाजा सिकाउँदै आएको सो संस्थाले विष्णुमति सरसफाइका साथै ज्येष्ठ नागरिक तथा अनाथ बालबालिकालाई सहयोग जुटाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu