ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कास्कीमा चुनावी माहोल तात्यो


admin
२७ आश्विन २०७४, शुक्रबार   ३ : ५८   बजे

पोखरा, २७ असोज । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिएसँगै कास्कीमा चुनावी माहोल तातेको छ ।

चुनावी माहोल आफ्नो पक्षमा पार्न राजनीतिक दलहरुले यतिखेर कोणसभा, बैठक, भेटघाट र संगठन विस्तारजस्ता कार्यक्रम गरिरहेका छन् ।

महानगर र गाउँपालिकाका चोक, चौतारा र चियापसलमा निर्वाचनकै बारेमा कुराकानी हुने गरेको पाइन्छ । मतदाता पनि हाम्राभन्दा राम्रा, स्वच्छ छवि भएका, इमान्दार र विकासप्रेमी उम्मेदवारलाई मत दिने मनस्थितिमा रहेको पाइन्छ ।
जिल्लाका सबै राजनीतिक दलले आ–आफना पार्टीका आकांक्षीको नाम संकलन गरेर केन्द्रमा सिफारिस गरेका छन् । नेपाली काँग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), राप्रपा, नयाँ शक्ति केन्द्र, संघीय समाजवादी फोरम नेपाल सबैले उम्मेदवारको नाम केन्द्रमा पठाएका छन् । सिफारिसमा परेका आकांक्षी पनि टिकट पाउन नेताकहाँ धाउन थालेको पाइन्छ ।

दोस्रो संविधानसभाको निर्वाचनमा चार निर्वाचन क्षेत्र रहेको कास्की निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि तीन, प्रदेश सभाका लागि ६ निर्वाचन क्षेत्र कायम गरिदिएको छ ।

कास्की क्षेत्र नं १ बाट नेपाली काँग्रेसबाट कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापा, पार्टीका पूर्व महामन्त्री तारानाथ रानाभाट, केन्द्रीय सदस्य जीवन परियारलगायत सिफारिसमा पर्नुभएको छ । अघिल्लो संविधान सभाको निर्वाचनमा यज्ञबहादुर थापाले एमालेका मानबहादुर जिसीलाई झिनो मतले पराजित गरी विजयी हुनुभएको थियो ।

जिसी स्थानीय तहको निर्वाचनमा एमालेका तर्पmबाट पोखरा–लेखनाथ महानगरपालिका प्रमुखमा विजयी हुनुभएको छ । यो क्षेत्रबाट एमालेबाट पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी सर्वसम्मत सिफारिसमा पर्नुभएको छ ।

माओवादी केन्द्रबाट पूर्वमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय नेता देव गुरुङ सिफारिस गरिएको छ । त्यस्तै क्षेत्र नं २ बाट काँग्रेसका जिल्ला नेता सोभियतबहादुर अधिकारी, देवराज चालिसे, डा परमेश्वर पोखरेललगायत सिफारिसमा पर्नुभएको छ ।

एमालेबाट व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारी सर्वसम्मत सिफारिसमा पर्नुभएको छ । उहाँ २०६४ र २०७० सालको निर्वाचनमा साविक क्षेत्र नं ३ बाट विजयी हुनुभएको थियो । माओवादी केन्द्रबाट नेता राजकाजी गुरुङ सिफारिसमा पर्नुभएको छ ।

यस्तै क्षेत्र नं ३ मा काँग्रेसबाट शारदा पौडेल, पार्टीका पूर्व केन्द्रीय आमन्त्रित सदस्य शुक्रराज शर्मा, पूर्व राज्यमन्त्री महादेव गुरुङ, एमालेबाट केन्द्रीय नेता जगत विश्वकर्मा, जगन्नाथ बाँस्तोला र उमा कोइराला र माओवादी केन्द्रबाट रामजी बराल सिफारिसमा पर्नुभएको छ ।

सबै राजनीतिक दलहरुले प्रदेश सभाका सबै क्षेत्रमा आकांक्षीको सूची केन्द्रमा सिफारिस गरेका छन् ।

जिल्लाको कूल मतदाता संख्या दुई लाख ५६,४०५ रहेको छ । जसमध्ये पुरुष एक लाख १९ हजार ५१६, महिला एक लाख ३६ हजार ८८१ र तेस्रो लिङ्गी चार जना रहेका छन् ।

प्रतिनिधि सभा क्षेत्र नं १ मा ९६,४७९, क्षेत्र नं २ मा ७०, ९२६ र क्षेत्र नं ३ मा ८८९९६ मतदाता रहेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu