एजेन्सी,२१बैशाख । अमेरिकाको फ्लोरिडामा एउटा बोइङ ७३७ विमान अवतरण गर्ने क्रममा रनवेबाट चिप्लेर नदीमा खसेको छ । शुक्रबार राती अवतरण गर्ने क्रममा चिप्लेर नदीमा खसेको बतायएको छ ।
विमानमा १३६ यात्रु थिए जसमध्ये दुई यात्रुलाई सामान्य चोट लागेको बताइएको छ । फ्लोरिडाको सेन्ट जोन्स नदिमा खसेको उक्त विमान क्युबाको ग्वान्टानामो बेबाट आइरहेको थियो ।
ज्याक्सनभिलका मेयर लेनी करीका अनुसार विमान कम गहिराइ भएको पानीमा खसेको र विमानका सबै यात्रु सुरक्षित भएको जानकारी दिएका छन् ।
ग्वान्टानामो बेको नेभल स्टेसनबाट नेभल एयर स्टेसन ज्याकसनभिलमा विमान अवतरण गर्ने क्रममा उक्त दुर्घटना भएको नभेल एयर स्टेसन ज्याकसनभिलका प्रवक्ताले जानकारी दिए । दुर्घटना लगत्तै उद्धार टोली पुगेर सबैको उद्धार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्