ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसी बिमान दुर्घटनामा कम्तीमा ४० जनाको मृत्यु


एबीसी न्यूज
२३ बैशाख २०७६, सोमबार   ८ : ०६   बजे

मस्को, २३ बैशाख । रुसको मस्कोस्थित शेरेमेट्येभो बिमानस्थलमा आइतबार साँझ आपतकालीन अवतरण गर्नेक्रममा एउटा रुसी यात्रुबाहक बिमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । रुसी राष्ट्रिय ध्वजाबाहक एरोफ्लोटको सुखोई एसएसजे१०० बिमानमा ७३ जना यात्रु र पाँच जना चालक दलका सदस्य थिए ।

बिमान अवतरण हुनासाथ बिमानमा ठूलो आगलागी भएको थियो । रुसी जाँच समितिका प्रवक्ता एलिना मार्कोभ्सकायाले बिमान दुर्घटनाबाट ४१ जनाको मृत्यु भएको जानकारी दिनुभयो । तर स्वास्थ्यमन्त्री भेरोनिका भोर्टसोभाले ३८ जना बाँच्न सफल भएको बताउँदै मृत्यु हुनेको संख्या ४० मात्र रहेको बताउनुभएको छ ।

भिडियो फुटेजमा यात्रुहरु आपतकालीन उद्धार ढोकाबाट बाहिर निस्कन तँछाडमछाड गरेको देखिन्थ्यो । शेरेमेट्येभो बिमानस्थलबाट उत्तरी शहर मरमान्स्कका लागि उडेको उक्त बिमान विमानमा प्राविधिक समस्या रहेको भन्दै शेरेमेट्येभो फर्किएको थियो । बिमानस्थलमा जबर्जस्ती उत्रनासाथ बिमानमा आगो लागेको थियो ।

सुपरजेट भनिने रुसी एसएसजे१०० दुई इन्जिनयुक्त जहाज हो । यो बिमान सन् २०११ देखि प्रयोगमा ल्याइएको थियो । यस बिमानको उत्पादक सुखोई सिभिल एयरक्र्याफ्टले आइतबार दुर्घटनाग्रस्त बिमानको गत अप्रिलको शुरुमै मर्मत गरिएको जनाएको छ । एरोफ्लोटले पाइलटहरुमा करिब एक हजार ४०० घण्टा बिमान उडाएको अनुभव रहेको बताएको छ । सोभियत सङ्घ युगको बिमानसेवा पुरानो भएपछि उड्डयनका क्षेत्रमा समस्या सामना गरेको रुसले एसएसजे१०० सिरिजका नयाँ बिमान विकास गरेको थियो । यही सिरिजका बिमानहरु रुस बाहेक आर्मेनीया र मेक्सिको समेतका अरु देशमा पनि प्रयोग भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मेहताका परिवारसँगको छलफल ‘सकारात्मक’, भोलि फेरि बस्ने

‘वातावरण निरीक्षक’को योग्यतामा विवाद, विज्ञले भने– वातावरण विज्ञानको मर्म कमजोर पार्ने प्रस्ताव

सम्बन्धित

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

रुसका सैन्य र ऊर्जा पूर्वाधारमा युक्रेनको लामो दूरीको आक्रमण, ८ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu