ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इलामको फाकफोकथुम गाउँपालिकामा काँग्रेस विजयी


admin
१९ असार २०७४, सोमबार   १० : ३३   बजे

इलाम, १९ असार । इलामको फाकफोकथुम गाउँपालिकाका अध्यक्षमा नेपाली काँग्रेसका रामकुमार श्रेष्ठले चार हजार १४२ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का दीपेन्द्र खनालले तीन हजार ९७८ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा एमालेकी सरस्वती राई (सरू) ले चार हजार २४१ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी डालाकुमारी कार्की (विष्ट) ले तीन हजार ९८७ मत प्राप्त गर्नुभयो ।

फाकफोकथुम गाउँपालिका–१ मा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार टेकवीर लिम्बू ६०३ मत ल्याएर प्यानलसहित विजयी हुनुभयो । वडा नं २ को वडाध्यक्षमा काँग्रेसका यामबहादुर पौडेल ५३७ मत ल्याएर प्यानलसहित विजयी हुनुभयो भने वडा–३ को वडाध्यक्षमा काँग्रेसका राजन पौडेलले ७०७ मत ल्याएर प्यानलसहित विजयी हुनुभयो ।

वडा–४ मा एमालेका वडाध्यक्षका उम्मेदवार हरिप्रसाद दङ्गाली ८७५ मत ल्याएर प्यानलसहित विजयी हुनुभयो । वडा–५ मा एमालेकै सिद्धमान आले ४७६ मत ल्याएर प्यानलसहित विजयी हुनुभएको छ ।

वडा–६ मा वडाध्यक्षका उम्मेदवार काँग्रेसका डिकबहादुर थापा ४४६ र नेकाकै पहिलो खुल्ला सदस्य रोमनाथ चम्लागाईं तथा एमालेबाट तीन सदस्य विजयी भएका छन् ।

वडा–७ मा एमालेका लोकबहादुर गोदार (थापा) ६२२ प्यानलसहित विजयी हुनुभयो । १३ हजार ७३३ मतदाता रहेको यस गाउँपालिकामा १० हजार ८७ मत खसेको थियो । मतपरिणाम सार्वजनिक गरेर जनप्रतिनिधिलाई आजै प्रमाणपत्र वितरण गरिने निर्वाचन अधिकृत लीलाराज पौडेलले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

बागमतीमा एमालेका ६ मन्त्रीले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu