ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माटोको भाडा बनाउने परम्परागत पेशा लोप हुने खतरामा,पेशा गर्नेको संख्या घट्दै


admin
२८ बैशाख २०७६, शनिबार   १ : ४४   बजे

काठमाडौं,२८ बैशाख । नेवार समुदायको परम्परागत पेशामध्ये माटोको भांडा बनाउनु पनि एक हो । भक्तपुरको प्रसिद्ध जुःजुः धौ माटोकै भांडामा राखिन्छ । तर, पछिल्लो दिनमा यो भांडा बनाउने पेशा गर्नेको संख्या घट्दै गएको छ ।

विशेष गरी गर्मीयाममा दही र पानी चिसो बनाई राख्नको लागि गाग्री र पालाहरुको लागि पनि भक्तपुर प्रख्यात छ । भक्तपुरमा बनेका माटाका भांडा सबैतिर प्रसिद्ध रहेका छन् । भक्तपुरको दुवाफलचा, चपाचो, नासनानी, कुम्हानानी, दिगुटोल, वाचुनानी, पाचो लगायत विभिन्न स्थानहरुमा माटोको भाडा बनाउने परम्परागत पेशा रही आएको छ ।

यहाँका बासिन्दा पहिले पहिले माटोको भांडा बनाउने पेशामै थिए । तर अहिले फाट्ट–फुट्ट रुपमा मात्रै भेटिन्छन् । धेरैजसोले पेशा परिवर्तन गरे । कोही कोहीले मात्र पुख्र्यौली पेशालाई निरन्तरता दिएका छन् । जो पेशामा अडिएका छन्, उनीहरुको पनि महिनामा यति नै आम्दानी हुन्छ भन्न सक्ने अवस्था छैन । त्यसैले, आवश्यक पर्दा मात्रै माटोको भांडा बनाउने गरेको बताउंछन्, भक्तपुर दुवाफलचाका पैसठ्ठी वर्षीय कृष्णबहादुर प्रजापती । बाउ, बाजेको पालादेखि नै माटोको भाडा बनाउदै आएका प्रजापतीले बाह्र, तेह्र वर्षको उमेरदेखि यही पेशाबाट जिविकोपार्जन गरिरहेका छन् ।
काम गर्न सक्नेले दिनमा सय ओटासम्म हाँडी, गाग्री, घ्याम्पो र गमला जस्ता सामाग्री बनाउन सक्छन् । वृद्ध उमेरका व्यक्तिले भने, लगभग पचास ओटासम्म मात्रै बनाउन सक्छन् । एउटा भांडा दुई सय देखि तीन सयसम्म बजारमा बेच्ने र बजारका व्यापारीले तीन सय देखि चारसयसम्म बेच्ने गर्छन् । गर्मी बढेसँगै माटोको गाग्रीको माग बढ्दा अहिले कृष्णबहादुरको काम पनि बढ्दो छ ।

बाउ, बाजेले माटोको भांडा बनाउने पेशा गरे पनि आफुले भने एकचोटी पनि माटो नछोएको बताउंछन् स्थानीय युवा विकास प्रजापति । प्रजापतिका बुवाले समेत यो पेशा छोडिसकेका छन् । राजधानीको विशेषगरी भक्तपुर क्षेत्रमा बनाईने यी यस्ता माटोका भाडा बनाउने परम्परागत पेशा लोप हुने अवस्थामा छ । यस पेशालाई संरक्षण गर्ने विषयमा कसैले पनि गम्भिरताका साथ लिएको देखिएको छैन । अहिले प्लाष्टिक र तामाको भाडाहरु बढी प्रयोगमा भएकोले माटोको भाडोको बजार नरहेको र भविष्यमा यो पेशा पूर्ण रुपमै लोप हुने अवस्थामा पुगेका उनी बताउंछन् ।

५० वर्ष नाघेका अर्का एक व्यक्ति पनि पहिलेदेखि नै अन्य पेशामा छन् । अहिले माटोको भाडा प्रति आकर्षण घटेको र युवा तथा महिलाहरु सेरामिकको भाडा तथा सामाग्री उत्पादन तथा बिक्रिवितरणमा लागिरहेको उनी बताउंछन् । विशेषगरी गर्मीयाममा चिसो पानी र दही राख्न माटोको भाडो निर्माण, प्रयोग तथा व्यवसाय गर्दै आएकाहरुले पनि भावी दिनमा यो परम्परागत पेशालाई संरक्षण तथा सम्वद्र्धन गर्नमा त्यति ध्यान दिन सकेका छैनन ।

यो पेशामा पहिलेदेखि नै लगभग पुरुषले मात्र काम गर्थे । अहिले त पेशा नै लोप हुने खतरामा छ । वर्तमान समयमा यस पेशाप्रति युवाहरु आकर्षित छैनन भने, वृद्धहरु सकुन्जेल मात्रै यस पेशालाई निरन्तरता दिन सक्छन् । तसर्थ, भक्तपुरको यो परम्परागत पेशा संरक्षणका लागि सम्बन्धित पक्षले समयमै ध्यान नदिने हो भने यौटा संस्कृतिको अवसान हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

बालेनलाई किन संसद् मन पर्दैन ?

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group