ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरेन्द्र महर्जन अमरको चर्चित कृति भाग्य सार्वजनिक


एबीसी न्यूज
२० जेष्ठ २०७६, सोमबार   ७ : ०९   बजे

काठमाडौं, २० जेठ । नेपाली कथानक गीति चलचित्र भाग्य अनाथ बाल बालिकाहरूको सहयोगार्थ च्यारीटी सो रौतटहको चन्द्रनिगाहपुर स्थित ब्रो–सिस डिजिटल सिनेमा हलमा प्रथम विशेष च्यारीेटी सो गरिएको हो । उक्त चलचित्र आजभन्दा करिब सय बर्ष पहिलाको इतिहासिक तत्कालिन परिवेशमा गरिवी र अभावमा पिल्सीएका परिवारको अमर–प्रेम कथा, दुखसुख, जन्म मृत्यु, भागेर विवाह गर्ने कथा, माया प्रेमका कुरा चित्रण गरिएको छ ।

चलचित्र कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन अमरको चर्चित कृति गीति नाटक भाग्य भित्रको कथा समेटिएर निमार्ण गरिएको साहित्यकार महर्जनले बताउनुभयो । उहाले सो कृति तयारी गर्न २५ बर्ष समय लागेको जानकारी दिनुभयो । कुनै कृति प्रकाशन गर्न गार्‍हो नभएको तर गीति नाटक भाग्य प्रकाशित गर्न धेरै वर्ष लागेको कुरा सुनाउनु भयो ।

फिल्मको रूप दिन मात्रै तीन वर्ष लागेको कुरा बताउनु भयो । उक्त चलचित्रको विशेष च्यारीटी सो गर्नकालागि काठमाण्डौबाट भाग्य चलचित्रको लेखक स्वयं कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन अमर, निर्देशक रोशनकुमार, कार्यकारी निमार्ता दिनेश जंग खड्का, कलाकार प्रकाश श्रेष्ठ तथा संगीतकार एवं गायक सुर्य कमल राई दनुबार कार्यक्रमको प्रतिनिधित्व गर्दै रौतहट पुग्नु भएको थियो ।

विशेष च्यारीटी सो मा प्रमुख अतिथि रौतहट क्षेत्र नं ४ का प्रदेश सभा सदस्य धनलाल ठोकर, संचारकर्मी संजय कार्की, जितेन्द्र सिहदनुवार, सागर हुमागाई, स्थानिय समाजसेवी कर्ण लामा, बिकिथापा, विद्यार्थी नेता सुर्य बहादर थापा, श्यामहरी चौलागाई, स्ववियु सभापति संगम श्रेष्ठ, मातृभुमि विकाश नेपालका अध्यक्ष सन्तोष काफ्ले लगाएतबाट चलचित्र मौलिक, नारी संवेदनात्मक, जिन्दगीमा घट्ने घटना, सबैको मन छुने, धेरै बर्ष पुरानो कथामा मार्मिक तथा ऐतिहासिक रहेको प्रतिकृया दिनु भएको थियो ।

चलचित्रमा चर्चित कलाकारहरू निता ढुंगाना, यसराज गराज, सुनिल कटुवाल, पूर्णिमा लामा,अदिती श्रेष्ठ, सानु ताम्राकार, प्रकाश श्रेष्ठ, कृष्ण भट्टराई, ईश्वर फुयाँल, सुरेन्द्र महर्जन, राजु श्रेष्ठ, सुर्यकमल राई, लगाएतको भुमिका लाई देख्न सकिन्छ । सो चलचित्र जय मातृभुमि सिनेमा एण्ड कृयशन प्रा। लि को ब्यानरमा सरिता महर्जनले निमार्ण गनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group