काठमाडौं, २४ जेठ । संयुक्त अरब इमिरेट्सको दुबईमा इद मनाएर फर्किएकाहरु चढेको बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।
बिहीबार बेलुकी ओमानबाट फर्किएको बस रासिदियाको शेख मोहम्मद बिन जायद रोडमा दुर्घटना भएको दुबई प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
विभिन्न देशका ३१ जना चढेको बस दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएका सबैजनाको शव रासिद अस्पतालमा राखिएको छ भने घाइतेको पनि त्यहीँ उपचार भैरहेको खबरमा उल्लेख छ ।
दुर्घटनामा एक जोडी दम्पती बेपत्ता भएको पनि बीबीसीको समाचारमा उल्लेख गरिएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस्