ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवालाई समाज सुधारको अभियानमा लाग्न आग्रह– मुख्यमन्त्री पोखरेल


एबीसी न्यूज
२६ जेष्ठ २०७६, आइतबार   ७ : ०८   बजे

 

काठमाडौं, २६ जेठ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले युवालाई सकारात्मक सोचसहित समाज सुधारको अभियानमा केन्द्रित गर्न आग्रह गर्नुभएको छ । उहाँले समाजमा भ्रम सिर्जना गरेर निराशा छर्ने काम भइरहेको भन्दै त्यसलाई चिर्ने अभियानमा लाग्नसमेत युवालाई आग्रह गर्नुभयो ।

राष्ट्रिय युवा परिषद्ले सञ्चालन गरेको प्रदेशस्तरीय नमूना युवा संसद्को आज बुटवलमा अवलोकन गर्दै मुख्यमन्त्री पोखरेलले भ्रम चिर्दै अगाडि बढेका युवाको सङ्कल्प र अठोटले मात्र समृद्धिको अभियान प्रभावकारी हुने बताउनुभयो ।

यस्तै प्रदेश सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेश सरकारले युवामा सकारात्मक सोचको विकास, राष्ट्र««प्रतिको भावना विकास गर्ने र नेतृत्व क्षमताको विकास गर्ने खालका कार्यक्रम सञ्चालन गर्न आगामी वर्षको बजेटमा कार्यक्रम ल्याइने जानकारी गराउनुभयो ।

युवालाई जिज्ञासु र कामकाजी बनाउँदै समृद्धिको अभियानमा जोड्ने लक्ष्यका साथ रािष्ट्रय युवा परिषद्ले बुटवलमा ५ नं प्रदेशस्तरीय नमूना युवा संसद्को आयोजना गरेको थियो । प्रदेशका १२ वटा जिल्लाबाट जुटेका ‘युवा सांसद’ले सञ्चालन गरेको नमूना युवा संसद्लाई सङ्घीय ढाँचामा मात्रै नभई अब प्रदेश र स्थानीय तहको जस्तो अभ्यासमा पनि सरिक बनाउनुपर्नेमा जोड दिनुभयो । “युवामा अहिले हुटहुटी र जिज्ञासा देखिएको छ यसलाई समृद्धिको अभियानमा जोड्नुपर्छ”, मुख्यमन्त्रीले भन्नुभयोे, “जनतामा खुशियाली ल्याउने कामबाट नै असली समृद्धि हासिल हुने भएकाले यसमा युवाका भूमिका महत्वपूर्ण हुन्छ ।”

युवा संसद्ले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्रीहरुसमेत चयन गर्दै सत्तापक्ष एवम् प्रतिपक्षको अभ्यास गरेका थिए । त्यस क्रममा युवा सांसदले शिक्षा, खेलकूद, स्वास्थ्य, रोजगारी र सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । कतिपय युवा सांसदले खेलकूद विकासको सम्भावना भएको तर एउटा पनि खेलमैदान नभएको भन्दै गुनासो पोखेका थिए । प्रदेश नं ५ प्रदेशस्तरको नमूना संसद्मा कोरेको खाकालाई आउँदो असार १०–१३ मा काठमाडाँैमा बस्ने नमूना सङ्घीय युवा संसद् र सरकारमा पेश गरिने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले बताउनुभयो ।

युवापुस्तालाई व्यवस्थापिका–संसद्को प्रक्रिया र नीतिगत व्यवस्थाबारे जानकारी गराउने उद्देश्यले युवा तथा खेलकूद मन्त्रालय र राष्ट्रिय युवा परिषद्ले बुटवलमा ५ नं प्रदेशस्तरीय नमूना युवा संसद् सञ्चालन गरिएको र युवामा एक प्रकारको हौसला जागेको परिषद्का सदस्य तथा कार्यक्रम संयोजक लीला शर्माले जानकारी दिनुभयो ।

बुटवलमा पहिलोपटक प्रदेशका १२ जिल्लाका १६–२४ वर्षका ४० जना युवाको सहभागितामा नमूना युवा संसद्मार्फत संसदीय अभ्यासको कार्यक्रम गरिएको युवा परिषद्का जिल्ला अध्यक्ष वसन्त ढकालले बताउनुभयो । चार दिनसम्म अभ्यासमा सरिक भएका युवा सांसदलाई संविधान, कानून, सभ्यता, अनुशासन, मौलिक संस्कृति सिकाइएको थियो । परिषद्ले मुलुकका सातै प्रदेशमा यस्तो अभ्यास शुरु गरेको छ । देशको कानून र कानून निर्माणको भूमिकामा रहेका निकायका बारेमा समेत जान्न पाउँदा उत्सुकता जागेको युवा सांसद आकृति केसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group