ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति ट्रम्पप्रति युद्धमा मारिएका अमेरिकी सैनिककी पत्नीको आक्रोस


admin
७ कार्तिक २०७४, मंगलबार   १२ : ०६   बजे

काठमाण्डौं, ७ असोज । युद्धका क्रममा मारिएका एकजना अमेरिकी सैनिककी श्रीमती मेसिया जनसनले राष्ट्रपति डोनाल्ड ट्रम्पले समवेदना व्यक्त गर्दा आक्रोस व्यक्त गरेकी छन् । राष्ट्रपति ट्रम्पले समवेदना व्यक्त गर्न टेलिफोन गर्दा आफ्ना मृतक श्रीमान् सैनिकको नाम सम्झन नसकेको भन्दै मेसिया जनसनले दुःख र आक्रोस व्यक्त गरेकी हुन् ।

नाइजरमा इस्लामिक अतिवादीहरुले गरेको आक्रमणमा उनका श्रीमान् सार्जेन्ट ला डेभिड मारिएका थिए । त्यस क्रममा अरु तीन जना अमेरिकी सैनिकको समेत मृत्यु भएको थियो । मृतक सार्जेन्ट ला डेभिडकी श्रीमती मेसिया जनसनले अमेरिकी टेलिभिजन एबीसी न्यूजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पको टेलिफोनले आफूलाई झनै रुवाएको बताएकी थिइन् । राष्ट्रपतिले आफ्ना दिवंगत पतिको नाम सम्झन कठिन अनुभव गरेको थाहा पाउँदा आफूलाई सबैभन्दा धेरै चोट पुगेको उनले बताइन् । उनले आफ्ना श्रीमान देशका लागि लड्न गएको र देशकै लागि ज्यान दिए पनि राष्ट्रपतिले नामसमेत सम्झन नसक्नु दुःखद भएको बताइन् ।

राष्ट्रपति ट्रम्पले मृतककी श्रीमतीलाई फोन गर्दा गैरसंवेदनशील भएको भनेर डेमोक्रयाटिक कंग्रेस वुमन फ्रेडरिका विल्सनले आरोप लगाएकी थिइन् । विपक्षी नेतृको दाबीलाई मृतक सैनिककी श्रीमतीले पुष्टि गरेकी हुन् । तर सामाजिक सञ्जाल ट्वीटरमा भने सन्देश लेख्दै राष्ट्रपति ट्रम्पले ती महिलासँग सम्मानजनक वातावरणमा कुराकानी भएको बताएका छन् । उनले टेलिफोन वार्ताको शुरुदेखि नै आफूले मृतक सैनिकको नाम लिएको दाबी पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सम्बन्धित

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu