ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन मन्त्रालयको विनियोजित शीर्षकमाथि छलफल


एबीसी न्यूज
२९ जेष्ठ २०७६, बुधबार   २ : २४   बजे

 

काठमाडौं, २९ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७६ अन्तर्गत तीन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल जारी छ । ती मन्त्रालयमा वन तथा वातावरण, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक र कृषि तथा पशुपक्षी छन् ।
प्रमुख प्रतिपक्षी दलका नेपाली काङ्ग्रेसका राजेन्द्रकुमार केसीले वन तथा वातावरण मन्त्रालयको शीर्षकको खर्च रकममा कटौती गरियोस् भन्ने खर्च कटौतीको प्रस्ताव गर्दै सम्पत्तिको दुरुपयोग गर्नेगरी कतिपय शीर्षकमा बढी बजेट विनियोजन भएको बताउनुभयो । नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले तीनै मन्त्रालय शीर्षकको खर्च रकममा कटौती गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै वृक्षरोपण, काठमाडौँ उपत्यकाको जलाधार क्षेत्रको संरक्षण, वातावरण संरक्षणजस्ता विषयलाई बजेटले प्राथमिकता नदिएको तर अन्य शीर्षकमा बढी खर्च गर्ने गरी बजेट आएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले पनि तीनै मन्त्रालय शीर्षकको खर्च रकममा कटौती गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै बजेटले महिला हिंसा नियन्त्रण र यातनापीडितलाई न्याय दिने विषयलाई समेट्न नसकेको भनी सरकारको ध्यानाकर्षण गराउनुभयो ।

काँग्रेसका मीनबहादुर विश्वकर्माले कृषि मन्त्रालय शीर्षकको खर्च रकममा कटौती गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दै कृषिप्रधान नेपालको कृषि उत्पादनको बढावा, आयात प्रतिस्थापनजस्ता विषयलाई बजेटले समेट्न नसकेको तर बजेटमा चालु खर्च अत्याधिक रहे पनि पूँजिगत खर्चतर्फ कम महत्व दिएको बताउनुभयो ।

काँग्रेसकै उमा रेग्मीले महिला मन्त्रालय शीर्षकको खर्च रकममा कटौती गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै महिला तथा ज्येष्ठ नागरिकका विषयमा बजेटले प्रभावकारी सम्बोधन गर्न नसकेको धारणा राख्नुभयो ।
छलफलमा भाग लिँदै काँग्रेसकी पुष्पा भुसालले कृषिमा आयात बढेको, कृषिका कार्यक्रम प्रचारमुखी मात्र रहेको तथा वन संरक्षणमा ठोस कार्यक्रम नआएको आरोप लगाउनुभयो । नेकपाका खगराज अधिकारीले युवालाई कृषिमा आकर्षित गराउन कृषि मन्त्रालयलाई उच्च प्राथमिता दिन सुझाव दिँदै कृषिमा आत्मनिर्भरता बढाउन सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group