ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुदानेको सकारात्मक पाटोको अक्षरश, अनुशरण गरौँ– वरिष्ठ नेता नेपाल


एबीसी न्यूज
७ असार २०७६, शनिबार   ७ : १८   बजे

 

 

काठमाडौं, ७ असार । नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले रुपचन्द्र विष्ट ‘रुदाने’ को सकारात्मक पाटोलाई अक्षरशः अनुशरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

थाहा दर्शनका प्रवर्तक रुपचन्द्र विष्टको २०औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले ‘सादा जीवन र जनपक्षीय नेता’का रुपमा परिचित रुदानेको मूल्य र मान्यतालाई आत्मसात् गरे त्यसले नेपालको विकासमा समेत सहयोग पु¥याउने बताउनुभयो ।

राजनीतिक नेतृत्वले आफैँभित्र आत्मसमीक्षा गर्नुपर्ने समय आएको उल्लेख गर्दै नेता नेपालले जनअपेक्षाअनुसार काम गर्न सकियो कि सकिएन भने राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने समय आएको उल्लेख गर्नुभयो ।

उहाँले देशमा व्याप्त गरीबी, अभाव, बेरोजगारी, विकृति, विसङ्गतिको अन्त्य गर्दै ‘सुखी नेपाली सम्मृद्ध नेपाल’ को चाहाना पूरा गर्नका लागि कार्य प्रगतिको समीक्षा र बहसको आवश्यकतामा जोड दिनुभयो ।

आर्थिक सम्मृद्धिको नाराले मात्रै नेपालीको चाहना र अपेक्षा पूरा हुन नसक्ने स्पष्ट पार्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले राष्ट्रिय आवश्यकलाई नेतृत्वले बुझ्न सक्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले जनचाहना पूरा गर्नका लागि राजनीतिक नेतृत्वले आफ्नो आचरण, बानी व्यहोरा र संस्कारमा पनि परिर्वतन गर्नुपर्ने स्पष्ट पार्नुभयो ।

वरिष्ठ नेता नेपालले राष्ट्रिय पञ्चायतलाई उपयोग गरे पनि रुदाने जनमुखी नेता भएकाले पञ्चायतभित्रै गएर पञ्चायतको विरोध गरेका कारण जेल बस्नुपरेको तथ्य स्मरण गर्नुभयो । कार्यक्रममा रुपचन्द्र विष्ट स्मारक समिति नेपालका अध्यक्ष रामनारायण बिडारीले ‘रुपचन्द्र विष्ट व्यक्ति एक व्यक्तित्व अनेक’ विषयको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीका ३२ घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

रसुवागढी र भोटेकोसी प्रभावितका लागि सहुलियतपूर्ण पुनःस्थापना प्याकेज बनाउने सरकारको निर्णय

सम्बन्धित

सम्पर्कविहीन १२ हजार मानिसको खोजीमा ‘सेतु’, १५ सयभन्दा बढीले भरे सहयोग फाराम

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड रुपैयाँको दैवी प्रकोप कोषमा सहयोग

लिपमोटर सी१० २०२६ मोडलको विशेष मूल्य ७५ लाख ९९ हजार

रसुवा बाढीले सवारी व्यवसायमा व्यापक क्षति, बीवाईडीका २०० गाडी बगे

म्याक्सस नेपालले बाढीपीडितका लागि ७० लाख सहयोग गर्ने

भोटेकोशी बाढीपीडितको उद्धार र उपचारमा काठमाडौं महानगरको सक्रियता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu