ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्व मन्त्रीहरु मुख्यमन्त्रीको दौडमा


admin
८ कार्तिक २०७४, बुधबार   १० : ३३   बजे

काठमाडौं, ८ कात्तिक । यतिखेर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएको छ । राजनीतिक दलहरुले समानुपातिक र प्रत्यक्ष गरी दुबै तर्फको मनोनयन दर्ता गराइसकेका छन् । तर, राजनीतिक दललाई उम्मेदवार चयन गर्न ठूलै संघर्ष गर्नु परेको थियो । निर्वाचन क्षेत्र थोरै हुनु र आकंक्षी धेरै हुनुले राजनीतिक समस्यामा परेका थिए । आकंक्षी धेरै हुँदा असन्तुष्टी र विरोधकैबीच उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । केही समय अगाडी सम्पन्न स्थानीय तहको निर्वाचन मार्फत दलका धेरै नेता कार्यकर्ता व्यवस्थापन भएका थिए । तर, राजनीतिक दलमा कार्यकर्ताभन्दा नेता नै धेरै हुने परम्पराले अझै दलहरुमा उम्मेदवारका आकंक्षी घट्न सकेकाका छैनन् । उम्मेदवारको रुपमा नेताको भागबण्डा मिलाउन दलहरुलाई समस्या परेको थियो । भागबण्डा मिलाउने क्रममा मन्त्री भइसकेका नेताहरु समेत प्रदेशसभा सदस्याका लागि उम्मेदवार बनेका छन् । उनीहरुलाई, आगामी मुख्य मन्त्रीको रुपमा समेत हेरिएको छ ।

देश संघीयतामा प्रवेश गरेसँगै आम नागरिकको अधिकार तीन तहमा विभाजन गरिएको छ । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभामा सार्वभौमसत्ता सम्पन्न नागरिकको अधिकार सुनिश्चित हुनेछन् । र, यी तीनै तहका लागि आम नागरिकले आफ्नो प्रतिनिधि आफै चुन्नेछन् । आम नागरिकले स्थानीय तह हाक्ने आफ्नो प्रतिनिधि चुनिसकेका छन् । अब, प्रदेश र प्रतिनिधिसभाका लागि आफ्नो प्रतिनिधि चुन्न आम नागरिकले मतदान गर्ने दिन नजिकिएको छ । स्थानीय तहलाई नेतृत्व गर्न केन्द्रिय नेताको हैसियत बनाएका थोरै मात्र नेता चुनावी मैदानमा थिए । तर, मंसिर १० गते सम्पन्न हुन लागेको प्रदेशसभा मार्फत प्रदेशहरुको नेतृत्व गर्न धेरै पटक मन्त्री र सांसद भएर काम गरिसकेका नेता पनि चुनावी मैदानमा छन् । कतिय नेता आफ्नै चाहनाले पनि प्रदेशसभाको उम्मेदवार बनेका होलान । तर, धेरै नेता भने पार्टी भित्रको भागबण्डा मिलाउने क्रममा प्रदेशसभामा पुगेका छन् ।

पूर्व मन्त्रीहरु प्रदेशसभाका उम्मेदवार

महेन्द्रबहादुर शाही, पूर्वमन्त्री
माओवादी नेता महेन्द्रबहादुर शाही यसअघिका ऊर्जामन्त्री हुन । हाल उनी, विना विभागीय मन्त्री छन् । कालीकोटबाट दोस्रो संविधानसभा निर्वाचन मार्फत सभासद निर्वाचित भएर मन्त्री बनेका शाही यस पटक भने प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा छन् । उनी, यसपटक कालीकोट–ख बाट प्रदेश सभाको उम्मेदवार बनेका हुन । केन्द्रिय सांसद हुँदै मन्त्री समेत भइसकेका शाही अब निर्वाचित भए प्रदेशसभाको सदस्य हुनेछन् ।

 

 

 

शेरधन राई, पूर्वमन्त्री
एमाले नेता शेरधन राई २०५६ सालमा सांसद बनेका थिए । त्यसपछि, २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा पनि निर्वाचित भएर उनी सूचना तथा संचारमन्त्री भएका थिए । संचारमन्त्री हुँदा नेता राईले सरकारको प्रवक्ताको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए । तर, अब भने उनी केन्द्रिय संसद भन्दा पनि प्रदेशसभामै रमाउने भएका छन् । यस पटकको निर्वाचनमा नेता राईले भोजपुर–ख मार्फत प्रदेशसभामा उम्मेदवारी दिएका छन् ।

 

जीवनबहादुर शाही, पूर्वमन्त्री
हुम्लाका कांग्रेस नेता जीवनबहादुर शाही यस अघि संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भइसकेका छन् । कांग्रेसका युवा नेता शाही समेत यस पटक प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् । मंसिर १० गते सम्पन्न हुने निर्वाचन मार्फत निर्वाचित भए पूर्व मन्त्री शाही, अब एक तह तल्लो प्रदेशसभाको सदस्यको रुपमा काम गर्नेछन् । उनी, अहिले हुम्ला–ख को प्रदेशसभा उम्मेदवार रहेका छन् ।

 

 

पृथ्वी सुब्बा गुरुङ, पूर्वमन्त्री
एमाले नेता पृथ्वी सुब्बा गुरुङले पनि यस अघि संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रीको रुपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् । हाल नेकपा एमालेको सचिव समेत रहेका गुरुङ यस पटक भने केन्द्रिय संसद छोडेर प्रदेशसभामा तर्फ लागेका छन् । नेता गुरुङ यस पटक लम्जुङ–ख बाट प्रदेशसभा सदस्य भएका छन् ।

 

 

राजेन्द्र पाण्डे, एमाले नेता
एमाले नेता राजेन्द्र पाण्डे २०४८ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन मार्फत सांसद र २०७० सालमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचन मार्फत सभासद निर्वाचित भएका थिए । उनी, पूर्व मन्त्री समेत हुन । यस पटक भने प्रतिनिधिसभा छोडेर प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा रहेका छन् । नेता पाण्डे, धादिङ क्षेत्र नम्बर–१ (क) बाट उम्मेदवार बनेका छन् ।

 

 

राधिका तामाङ, पूर्व राज्यमन्त्री
माओवादी युवा नेतृ राधिका तामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री रहेको बेला कृषि राज्यमन्त्री थिए । समानुपातिक तर्फको सभासद हुँदै राज्यमन्त्री बनेकी तामाङ पनि यस पटक प्रदेशसभा सदस्यको उम्मेदवार बनेकि छिन् । उनी, यस पटक प्रदेशसभा सदस्यका लागि नुवाकोट–१ (ख)बाट चुनावी मैदानमा रहेकी छिन् ।

 

टंक आङबुहाङ, पूर्व सांसद
नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य टंक आङबुहाङ पूर्व सांसद हुन । आङबुहाङ माओवादी शान्ति प्रकृयामा आएपछि बनेको अन्तरिम व्यवस्थापिका संसदको सदस्य बनेका थिए । अन्तरिम व्यवस्थापिका संसदको कार्यअवधि सकिएपछि नेपाल क्रिकेट संघ क्यानको अध्यक्ष भएर समेत काम गरेका आङबुहाङ यस पटक प्रदेशसभा सदस्यका लागि ताप्लेजुङ–१ बाट उम्मेदवार बनेका छन् ।

 

शालिकराम जमरकट्टेल, मजदुर नेता
संविधानसभा निर्वाचनमा सभासद निर्वाचित भएर काम गरिसकेका माओवादी नेता शालिकराम जमरकट्टेल पनि यस पटक प्रदेशसभाको सदस्यका लागि चुनावी मैदानमा छन् । उनी, धादिङ क्षेत्र नम्बर–१ (ख)बाट उम्मेदवार बनेका छन् । जमजुदर नेताको रुपमा राष्ट्रिय स्तरको छवि बनाइसकेका जमरकट्टेल समेत निर्वाचित भए अब प्रदेशसभा सदस्य हुनेछन् ।

पहिले मन्त्री अब मुख्य मन्त्री
पहिला मन्त्री भइसकेका नेताहरु त्यसै प्रदेशसभा सदस्याको निर्वाचनमा होमिएका होइनन् । आगामी प्रदेशसभाको नेतृत्व गर्ने योजना सहित दलहरुले हेभी वेटका नेताहरुलाई प्रदेशसभाको निर्वाचनमा उतारेका हुन । हुम्ला–ख मा नेपाली कांग्रेसबाट प्रदेशसभाको प्रत्यासी रहेका पूर्वमन्त्री जीवनबहादुर शाहीलाई प्रदेश नम्बर–६ का मुख्यमन्त्रीको दावेदारका रुपमा प्रस्तुत गरिएको छ । एमालेबाट लम्जुङ–ख मा प्रदेशसभाको उम्मेदवार बनेका पूर्वमन्त्री तथा एमाले सचिव पृथ्वी सुब्बा गुरुङलाई नेकपा एमालेले प्रदेश नम्बर–४ को सम्भावित मुख्य मन्त्रीको रुपमा अघि सारेका हुन । पूर्व सूचना तथा संचारमन्त्री शेरधन राईलाई पनि प्रदेश नम्बर–१ को भावी मुख्य मन्त्रीको रुपमा अघि सारिएको छ । कालिकोट–ख मा प्रदेशसभा सदस्यको उम्मेदवार बनेका पूर्वमन्त्री महेन्द्रबहादुर शाहीलाई माओवादी केन्द्रले प्रदेश नम्बर–६ को मुख्यमन्त्रीको रुपमा यस पटक उम्मेदवार बनाएको छ । पूर्व मन्त्री राजेन्द्र पाण्डे समेत प्रदेश नम्बर ३ बाट मुख्य मन्त्रीको उम्मेदवार हुन । उनी, धादिङ क्षेत्र नम्बर–१ (क) बाट उम्मेदवार छन् । एक नम्बर क्षेत्रमा माओवादीका युवा नेता टंक आङबुहाङ पनि माओवादीबाट मुख्य मन्त्रीका दावेदार हुन ।

पहिले केन्द्रमा अब प्रदेशमा
नेकपा एमालेका नेता गणेश काम्बाङ दोस्रो संविधानसा निर्वाचनमा पाँचथरबाट प्रत्यक्ष निर्वाचित सभासद हुन । पूर्व सभासद काम्बाङ पनि यस पटक प्रदेशसभा सदस्याका लागि चुनावी मैदानमा छन् । उनी, पाँचथर–ख मा प्रदेशसभा सदस्य रहेका छन् । पूर्वसभासद् नरेश भण्डारी जुम्ला–ख र २०५१ को प्रतिनिधि सभामा निर्वाचित सांसद दीपकजंग शाह जाजरकोट–ख बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् । त्यस्तै, २०५६ सादमा बाजुराबाट प्रतिनिधिसभामा सदस्य निर्वाचित भएर सहायकमन्त्री समेत भइसकेका जनकराज गिरि यस पटक बाजुरा–ख मा प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् । २०५६ सादमा मुगुबाट प्रतिनिधिसभा सदस्य निर्वाचित चन्द्रबहादुर शाही यसपटक मुगु–२ बाटै प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धामा छन् । त्यस्तै, २०६४ को संविधानसभा निर्वाचनमा विजयी भएका पूर्णप्रसाद राई यस पटक पनि संखुवासभा–ख बाट प्रदेसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । माओवादी नेता दावा लामा दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोकबाट सभासद निर्वाचित भएका थिए । उनी पनि यस पटक सिन्धुपाल्चोक–२ (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् । २०६४ मा गोर्खा–३ बाट सभासद निर्वाचित अमर तमु पनि प्रदेसभा सदस्यको उम्मेदवार बनेका छन् । उनी, गोरखा–२ (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् । यसरी पहिला नै प्रतिनिधिसभाको सदस्य हुँदै मन्त्री समेत भइसकेका नेताहरु समेत प्रदेशसभाको सदस्य बन्नका लागि चुनावी मैदानमा रहेको छ । सुन्दा नेताहरु घटेर तल्लो तहमा गए झै लाग्छ । तर, अधिकार र आगामी दिनका गर्नु पर्ने काम सम्झने हो भने प्रदेशसभामा पनि अनुभवी नेतृत्वको आवश्यकता छ । जुन आयश्वकता प्रतिनिधिसभाको सदस्य भइसकेको भए पनि प्रदेशसभाको उम्मेदवार बनेकाहरुले पुरा गर्ने अपेक्षा समेत गरिएको छ ।

अब प्रदेशसभा युवा नेताले चलाउने कुरामा दुईमत छैन । तर, प्रदेशसभाको नेतृत्व गर्न पुराना र अनुभवी नेता पनि प्रदेशसभा झरेका छन् । विगतमा प्रतिनिधिसभा सदस्य हुँदै मन्त्री समेत भइसकेका नेतृत्वहरु यतिखेर प्रदेशसभा नेतृत् वगर्न चुनावी मैदानमा छन् । त्यसैले, प्रदेशसभाको निर्वाचनमा पनि निक्कै रोचक प्रतिस्पर्धा हुनेछ । कतिपय नेतृत्व प्रतिनिधिसभामा स्थान नपाएकाले प्रदेशसभामा झरेका हुनसक्छन् । तर, मन्त्री समेत भइसकेका नेतृत्वहरु भने प्रदेशको मुख्य मन्त्री बन्ने उदेश्य र पार्टीको योजना सहित प्रदेशसभाको निर्वाचनका होमिएका छन् । अहिलेको गठबन्धनको आधारमा राजनीतिक दलले जित हासिल गर्ने र त्यो गठबन्धन आगामी दिनसम्म टिक्ने हो भने अधिकांस प्रदेशको मुख्य मन्त्री समेत यतिखेरबाटै छुटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group