ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचार र काण्डै काण्डमा फसेको सरकार सर्वत्र असफल बन्दै गएको छ– उमाकान्त चौधरी


एबीसी न्यूज
८ असार २०७६, आइतबार   ५ : ०६   बजे

काठमाडौं, ८ असार । सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आईतबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले रेशम चौधरीलाई नेल लगाएर उपचार गराईएको, सरकारको काम कारवाही असफल बन्दै गएको र खेतीपातीको समयमा रासायनिक मल अभाव भएको भन्दै सहज मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद उमाकान्त चौधरीले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको र हरेक क्षेत्रमा असफल बन्दै गईरहेको आरोप लगाउनुभयो । भ्रष्टाचार र काण्डै काण्डमा फसेको सरकार सर्वत्र असफल बन्दै गएको भन्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई झुट प्रसाद को उपनाम दिनुपर्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो “सिण्डिकट अन्त्य होइन त्यसलाई प्रोत्साहन गर्ने काम गरेर यो सरकार झुट सावित भएको छ । जथाभावी कर लगाएर कर प्रसाद ओली उपनाम पाएका सम्माननिय प्रधानमन्त्री ज्यूको सरकारको कामकारावाही हेर्दा उहाँले सधै झुटको आश्वासन दिने , झुटको खेती गर्ने भएकोले अब उहाँको नाम झुट प्रसाद ओली उपनाम दिदैमा केही फरक पर्ने वाला छैन ।”

सरकारका चिप्ला र फोस्रा भाषण मात्रैले विकास निर्माणमा सफल हुन नसकिने तर्क उहाँले गर्नुभयो ।

सांसद चन्दा चौधरीले रेशम चौधरीलाई विरामीको उपचार गराउदै २४ केजीको सिक्रि लगाएर उपचार गराउने काम भएको भन्दै त्यसबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । सिक्रि लगाएर उपचार गराउने काममा संलग्नलाई प्रधानमन्त्रीले कारवाही गर्न दिएको निर्देशन कार्यान्वयन बारे भएको प्रगती बारे जानकारी गराउन पनि यहाँले गृहमन्त्रीसंग माग गर्नुभयो । दश बर्षे जनविद्रोह, गौर हत्याकाण्डका योजनाकारहरु सरकारमा रहेको र टिकापुर घटना पनि राजनीतिक जनविद्रोह भएको भन्दै उहाँले सरकारले विभेदको नीति लिएको आरोप लगाउनुभयो ।

सांसद प्रदीप यादवले चौधरी भएकै कारण सरकारले रेशम चौधरीलाई सरकारले जेल हालेको भन्दै मुलुकमा मानवअधिकार र सरकार नभएको आरोप लगाउनुभयो । उहाँले चौधरीलाई तत्काल रिहा गर्न सरकारसंग माग गर्नुभयो । उहाँले २० औ हजार हत्या गर्नेहरु अहिले मन्त्री बनेको भन्दै सरकारलाई विभेदकारी व्यवहार नगर्न सचेत गराउनुभयो । उहाँले भन्नुभयो “रेशम चौधरीलाई अबिलम्ब रिहा गर्नुपर्छ । राजनीतिक बन्दी हुन् । कुनै हत्यारा होइन । रेशम चौधरीले कसैको हत्या गरेको छैन । गोली चलाएका छैनन् । सिर्फ थारु र मधेसीका लागि आन्दोलन गरेका हुन् । आन्दोलन गरेका कारण रेशम चौधरीलाई जेलमा राख्नु जायज होइन । सपथ खुवाएर पनि रेशम चौधरीलाई जेलमा राखिएको छ । यो अन्याय हो । २० औ हजार हत्या गर्नेहरु सरकारमा छन् । मन्त्रीको झण्डा फहराएर हिडिरेहेका छन् । थारुको छोरा जेलमा छ । ”

सांसद झपट बहादुर रावलले प्रतिपक्षी दलका सांसदले प्रधानमन्त्रीलाई ‘झुट प्रसाद र कर प्रसाद ओली’ भनेको भन्दै रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराउनुभयो । जनप्रतिनिधिले बोल्ने भाषा शैली शिष्ट, सभ्य र सुसंस्कृत हुनुपर्ने भन्दै उहाँले संसदीय मर्यादा कायम गराउने तर्फ पनि सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो “प्रतिपक्षी दलका माननिय ज्युले सम्माननिय प्रधानमन्त्री ज्युको नाम बंग्याएर कर प्रसाद र झुट प्रसाद भन्नुभएको छ । यसैगरी हामीले पनि प्रतिपक्षी दलका नेता ज्यु पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा लगायतका अन्य नेताहरुलाई, शेर बहादुर देउवा नभनेर छेरबहादुर देउवा भन्न हामी बाध्य भयौ भनेदेखी के हुन्छ ? अमर्यादित र असभ्य भाषा रेकर्डबाट हटाईयोस् ।”

प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले सरकारको प्रतिवद्धता अनुसार काम नभएको र सर्वत्र कर बढाउने काम भएको भन्दै प्रधानमन्त्री ओलीलाई करप्रसाद र झुट प्रसादको उपनाम राखिदिनुपर्ने अभिव्यक्ति दिनुभएको थियो ।

त्यसपछि सभामुख कृष्ण बहादुर महराले विषयवस्तुलाई गम्भीरता पुर्वक लिएको उल्लेख गर्दै त्यसबारे पछि निर्णय गर्ने बताउनुभएको थियो ।

सांसद मेटमणि चौधरीले मुलुकभरका किसानले धान खेती लगाउने समयमा मल नपाएर समस्यामा परेको भन्दै रासायनिक मल उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । धान रोप्ने समयमा डिएपी र युरिया मलको सधै अभाव हुने र अहिले पनि त्यो अवस्था देखिएको भन्दै तत्काल रासायनिक मल सहज उपलब्ध हुने व्यवस्थाका लागि पहल गर्न माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group