ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकतालाई धमिल्याउन प्रतिक्रियावादी र अवसरवादी शक्तिहरु सल्बलाई रहेका छन् – अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
९ असार २०७६, सोमबार   ७ : ३३   बजे


चितवन , ९ असार ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता ढिला भए पनि सफलताका साथ सम्पन्न भएको बताउनुभएको छ । नेकपा चितवनको प्रथम बैठक तथा शपथग्रहण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले नेपाली जनताको चाहना र कम्युनिष्ट आन्दोलनको उपलब्धिका रुपमा पार्टी एकता भएको बताउनुभयो ।

निर्वाचनको समयमा भएको तालमेललाई एकतामा ढाल्नका लागि केही समय लागेको भए पनि यसलाई सफलताका साथ सम्पन्न गर्न सकिएको उहाँको भनाइ थियो । उहाँले कम्युनिष्ट एकताप्रति जनताको अभिमत जाँच्ने ब्यारो मिटरका रुपमा निर्वाचनलाई लिइएको बताउनुभयो ।

पार्टी एकतालाई धमिल्याउनका लागि प्रतिक्रियावादी शक्ति र अवसरवादी शक्तिहरु अहिले पनि सल्बलाई राखेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “गठबन्धन, पार्टी एकता र अहिले पनि एकता भाँडियोस् भन्ने उद्देश्यका साथ प्रतिक्रियावादी र अवसरवादी शक्तिहरु लागिपरेका छन् ।” जनताको नैतिक दबाबका साथ खबरदारीले पार्टी एकता सम्भव भएको उहाँको ठम्याइ छ । उहाँले भन्नुभयो, “पार्टी एकता असाधारण काम थियो तर जनताको दबाबले सम्भव भएको हो ।”

पार्टी एकता टुङ्ग्याउनेतर्फ दुवै अध्यक्ष लागिरहेको बताउँदै उहाँले कार्यकर्तालाई विचल्लित नभई लाग्न आग्रह गर्नुभयो । अब एकताको प्रक्रिया टुङ्ग्याउनका लागि केन्द्रीय संरचना, विशेष कमिटी, आयोग, विभाग र कार्य विभाजनको काम मात्रै बाँकी रहेको उहाँले जानकारी गराउनुभयो । पूर्वप्रधानमन्त्री दाहालले पार्टी एकताको अन्तिम चरणमा आइपुग्दा पार्टी एकताको दस्तावेजबाट जो कोही पछि हटे पनि यसले दुर्भाग्य हुने बताउनुभयो ।

सहमति र एकताको आधारबाट विचल्लित नभई सबै एक भएर अघि बढ्नुको विकल्प नभएको उहाँले बताउनुभयो । पार्टी एकताबाट विचल्लित हुन खोज्दा खण्डन र आलोचनाले पार्टीलाई सच्चिन मद्दत पुग्ने उहाँको भनाइ थियो । अहिले पार्टीले जिम्मेवारी नदिएको भनेर बस्ने समय नभएकाले उहाँले सबैले सङ्गठन निर्माणमा लाग्नु आवश्यक रहेको आवश्यकता औँल्याउनुभयो ।

यसैबीच नेकपा चितवनले पूर्णता पाएको छ । पार्टीका १५५ जना जिल्ला सदस्यलाई एकै साथ शपथग्रहण गराएर पूर्णता दिइएको हो । शपथग्रहण कार्यक्रममा नेकपाका नेता अमिक शेरचन, नेकपा ३ नं प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल, नेता सुरेन्द्र पाण्डेलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीका ३२ घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

रसुवागढी र भोटेकोसी प्रभावितका लागि सहुलियतपूर्ण पुनःस्थापना प्याकेज बनाउने सरकारको निर्णय

सम्बन्धित

सम्पर्कविहीन १२ हजार मानिसको खोजीमा ‘सेतु’, १५ सयभन्दा बढीले भरे सहयोग फाराम

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड रुपैयाँको दैवी प्रकोप कोषमा सहयोग

लिपमोटर सी१० २०२६ मोडलको विशेष मूल्य ७५ लाख ९९ हजार

रसुवा बाढीले सवारी व्यवसायमा व्यापक क्षति, बीवाईडीका २०० गाडी बगे

म्याक्सस नेपालले बाढीपीडितका लागि ७० लाख सहयोग गर्ने

भोटेकोशी बाढीपीडितको उद्धार र उपचारमा काठमाडौं महानगरको सक्रियता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu