ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले किड्नी ट्रान्सपलाण्ट गर्नेलाई आर्थिक सहयोग उपलब्ध गराउने गरेको छ– मन्त्री यादव


एबीसी न्यूज
१० असार २०७६, मंगलबार   १ : ००   बजे

 

काठमाडौँ, १० असार । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संविधानले गरेको व्यवस्था अनुसार आधारभूत स्वास्थ्य सेवा निशुल्क र सबैलाई उपलब्ध गराउने नीति अनुसार नै काम भईरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक अन्र्तगत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शिर्षकमा सांसदले उठाएको जिज्ञासाको सम्बोधन गर्दै उहाँले विपन्न बर्ग र गरिब जनताहरुको स्वास्थ्य उपचारका लागि आधारभूत स्वास्थ्य सेवा निशुल्क र सबैलाई उपलब्ध गराउने नीति अनुसार सरकारले काम अघि बढाईरहेको बताउनुभएको हो । उहाँले वडा वडामा स्वास्थ्य संस्था स्थापना गर्ने काम अघि बढाईएको उल्लेख गर्दे आगामी बर्षमा सबै वडामा स्वास्थ्य संस्था स्थापना भईसक्ने दाबी गर्नुभयो ।

नेपाल लगायत विश्वभर नै नसर्ने रोगका रोगीहरु तिब्र गतिमा बढ्दै गईरहेको भन्दै त्यसका लागि सरकारले डायलासिस सेवा निशुल्क गराएको र किड्नी ट्रान्सपलाण्ट गर्नेलाई आर्थिक सहयोग उपलब्ध गराउने गरेको बताउनुभयो । त्यसैगरी क्यान्सर लगायतका ८/ ९ किसिमका रोगहरु उपचारका लागि सरकार आर्थिक सहयोग उपलब्ध गराउदै आएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले विदेशमा उपचार गराउन जाने इच्छा भएका र पैसा भएकालाई रोक्न सक्ने कानुनी व्यवस्था नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो “विदेशमा उपचार गराउन जान इच्छा भएको र पैसा भएकालाई रोक्न सक्ने कानुनी प्रावधान पछि छैन । व्यवस्था पनि छैन । विदेशमा उपचार गराउनेलाईसरकारले खर्च नदिने कानुनी व्यवस्था लागु भईसकेको कुरा निवेदन गर्न चाहन्छु । ”

उपचारका लागि विदेश जाने प्रचलन देखिएको भएपनि नेपालमा पनि धेरै जोखिमयुक्त उपचार पनि संभव भएको भन्दै उहाँले विश्वास गरेर नेपालमै उपचार गराउन आग्रह गर्नुभयो । सांसहरुले नेपालमा उपचार हुने रोगलाई पनि विदेशमा उपचार गराउन जाने गरिएको र त्यसले राज्य कोषको ठुलो रकम खर्च भएको भन्दै सांसदहरुले मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

उहाँले स्वास्थ्य मन्त्रालय अन्र्तगतका कर्मचारी समायोजनको समस्या चाडै समाधान गर्ने प्रयास भईरहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group