ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन क्षेत्र वैदेशिक मुद्राआर्जनको महत्वपूर्ण आधार हो– अर्थमन्त्री खतिवडा


एबीसी न्यूज
१० असार २०७६, मंगलबार   ३ : ५५   बजे

काठमाडौँ, १० असार । अर्थमन्त्री डा युवराज खतिवडाले पर्यटन क्षेत्र मुलुकको द्रुत आर्थिक वृद्धि, रोजगारी सिर्जना, वैदेशिक मुद्राआर्जनलगायतको महत्वपूर्ण आधार भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट विनियोजन विधेयकअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विषयमा सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिनुभएको हो ।

सरकारले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन पूर्वाधार विकासलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम अघि बढाएको उल्लेख गर्दै अर्थमन्त्री डा खतिवडाले विमानस्थलको क्षमता, विस्तार र स्तरोन्नतिको काम अघि बढाएको बताउनुभयो ।

उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्ने काम अन्तिम चरणमा पुगेको र यही जुन महीनाभित्रै २४ घण्टा सञ्चालन गर्न मिल्ने जानकारी दिनुभयो । अर्थमन्त्री डा खतिवडाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पनि अन्तिम चरणमा पुगेको, पोखरा विमानस्थल दुई वर्षभित्रै सम्पन्न गर्ने गरी काम अघि बढेको र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक–निजी अवधारणामा निर्माण गर्ने काम अघि बढेको जानकारी दिनुभयो ।

पर्यटनका अन्य पूर्वाधार विकासका लागि काठमाडौँ र पोखरा केन्द्रित पर्यटन क्षेत्रलाई मुलुकभर विस्तार गर्न बजेटमार्फत कार्यक्रम अघि बढाएको उहाँको भनाइ थियो । सरकारले धार्मिक, साहसिक, मनोरञ्जनलगायत पर्यटनका क्षेत्रलाई विकास गर्न कार्यक्रम अघि बढाएको छ ।

उहाँले हवाई सुरक्षाका सन्दर्भ युरोपियन युनियनले नेपालको हवाई क्षेत्रलाई कालोसूची राखेकोमा त्यसलाई हटाउन पहल भइरहेको र साताभरिको मौसमको अग्रिम सूचना दिई हवाई दुर्घटनाको सम्भावना कम गर्ने काम अघि बढाएको जानकारी दिनुभयो ।

गोरखा भूकम्पमा भत्केका सांस्कृतिक सम्पदाको पुनःनिर्माणका सम्बन्धमा अर्थमन्त्री खतिवडाले विश्वसम्पदा सूचीमा रहेका पुरातात्विक सम्पदाका लागि पर्याप्त बजेट व्यवस्था गरिएको तथा रानीपोखरी र धरहरा निर्माणले तीव्रता पाएको जानकारी गराउनुभयो ।

राष्ट्रिय योजना आयोगको सचिवालयका सम्बन्धमा अर्थमन्त्री डा खतिवडाले संविधान र सरकारको उद्देश्यअनुसार समन्यायिक विकास, तीन तहका सरकारबीच समन्वय गर्न, व्यवस्थित विकास गर्नलगायत कार्यका लगि योजना आयोगको अवश्यकता रहेको स्पष्ट पार्नुभयो । आयोगको प्रभावकारिता बढाउन आवश्यक रहेको उल्लेख गर्दै उहाँले अहिले आयोगको औचित्य र स्वायत्तताका सम्बन्धमा प्रश्न नगर्नसमेत आग्रह गर्नुभयो ।

उहाँले राष्ट्रिय गौरवका आयोजना कार्यान्वयन गर्ने छुट्टै विधि नभएकाले अपेक्षित सफलता हासिल हुन नसकेको भन्दै यसमा थप छलफल आवश्यक छ भन्नुभयो । आगामी दिनमा योजना निर्माणमा प्रदेश र स्थानीय तहसँग समन्वय गरेर नै आयोगले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताउँदै अर्थमन्त्री खतिवडाले स्मार्ट सिटी र शहरी विकासलगायत विभिन्न कामका लागिसमेत योजना आयोगले थिङ्क ट्यांकका रुपमा काम गरिरहेको अवगत गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीका ३२ घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

रसुवागढी र भोटेकोसी प्रभावितका लागि सहुलियतपूर्ण पुनःस्थापना प्याकेज बनाउने सरकारको निर्णय

सम्बन्धित

सम्पर्कविहीन १२ हजार मानिसको खोजीमा ‘सेतु’, १५ सयभन्दा बढीले भरे सहयोग फाराम

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड रुपैयाँको दैवी प्रकोप कोषमा सहयोग

लिपमोटर सी१० २०२६ मोडलको विशेष मूल्य ७५ लाख ९९ हजार

रसुवा बाढीले सवारी व्यवसायमा व्यापक क्षति, बीवाईडीका २०० गाडी बगे

म्याक्सस नेपालले बाढीपीडितका लागि ७० लाख सहयोग गर्ने

भोटेकोशी बाढीपीडितको उद्धार र उपचारमा काठमाडौं महानगरको सक्रियता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu