ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सुरक्षा,अखण्डता र एकतालाई मजबुद बनाउन (क्लिन फिड) व्यवस्था लागु गर्न ढिला गर्न हुँदैन


एबीसी न्यूज
११ असार २०७६, बुधबार   ९ : ०४   बजे

काठमाडौं, ११ असार । सरकारले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मार्फत विज्ञापनरहित (क्लिन फिड) को व्यवस्था ल्याउन लागेपछि यसको पक्ष विपक्षमा छलफलहरु शुरु भएका छन् । केवल टेलिभिजन वितरक बाहेकका सबैजसोले क्लिन फिड लागु हुनैपर्ने माग गरेका छन् । क्लिन फिडले नेपाली राष्ट्रियतालाई समेत बलियो बनाउनुका साथै नेपाली मिडिया उद्योगलाई आर्थिक रुपले सम्पन्न बनाउने निश्चित छ ।

सरकारले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संसदमा दर्ता गरेपछि यसको पक्ष विपक्षमा सरोकारवालाहरु विभक्त भएका छन् । खासगरी विधेयकमा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापनरहित(क्लिन फिड) प्रसारण गर्नुपर्ने व्यवस्था विधेयकमा गरिएको छ । विधेयक पास भए पछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरी उक्त व्यवस्था लागु हुने मिति तय हुनेछ र सोही समयदेखि विदेशी टेलिभिजन च्यानलहरु क्लिन फिड प्रसारण हुनेछन् ।

विदेशी विज्ञापन नेपालका सञ्चार माध्यमले डबिङ गरी प्रशारण गर्न समेत विधेयकको व्यवस्थाले रोक लगाउने छ । उक्त व्यवस्था विरुद्ध कसुर गर्ने गराउनेलाई पाँच लाख जरिवानाको प्रस्ताव समेत विधेयकमा गरिएको छ । नेपालका केवल टिभी सेवा प्रदायकहरु बाहेक अरु सबैले क्लिन फिड लागू गर्नुपर्छ भन्ने माग गरिरहेका छन् । नेपालमा निर्वाध र निशुल्क भारतीय विज्ञापन प्रसारण गर्दै आएको भारतीय ब्रोडकास्टिङ कर्पोरेसनकालागि त टाउको दुख्ने नै भयो । नेपाली विज्ञापन बजार कब्जा गर्दै आएका भारतीय विज्ञापनहरु नबज्नेभएपछि यो विधेयकलाई टेलिभिजन प्रयदायकहरुले विरोध गरेका छन् । तर, विधेयक पास भै क्लिन फिड जसरी पनि लागु हुनुपर्ने माग सबत्र उठिरहेको छ ।

अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री तथा शेरधन राई सञ्चार मन्त्री भएको बेला ०७२ माघ २० गते सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समिति बनेको थियो । यो समितिले आम सञ्चार नीति–२०७३ लागु तयार पारेको थियो । यही नीतिले (क्लिन फिड)को परिकल्पना गरेको थियो । ७ साउन ०७३ को मन्त्रिपरिषद् बैठकले विदेशी च्यानलबाट निर्बाध रूपमा भइरहेको विज्ञापन प्रसारणमा रोक लगाउने भन्दै विज्ञापनरहित (क्लिन फिड) नीति २०७३ जारी गरेको थियो ।

सरकारको क्लिन फिडसम्बन्धी व्यवस्थाले विदेशी च्यानलको प्रसारण बन्द गर्ने होइन, त्यस्ता च्यानलमा रहेका विज्ञापन हटाएर मात्रै नेपालमा प्रसारण गर्ने भनिएको हो । तर केवल टेलिभिजन बितरकहरुले भने च्यानल नै बन्द हुन लागेको भन्दै यतिबेला भ्रम छरिरहेका छन् । भारतीय ब्रोडकास्टिङ कर्पोरेसनहरुले नेपालमा क्लिन फिड दिन तयार नभएकोले लागु गर्न नसकिने केबल टेलिभिजन वितरकहरुको भनाइ छ ।

तर, सवाल उठ्छ के नेपाली टेलिभिजन उपभोक्ता भारतीय टिभी हेर्नैका लागि जन्मिएका हुन् ? दुनियाका अरु देशमा भारतीय टीभी नहेरे हुने, नेपालमा हेर्न पर्ने बाध्यता के छ ? यसको जवाफ वितरकहरुले दिन सकेका छैनन् । उल्टै सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्म बिदेशी च्यानल बन्द गरेर उपभोक्ताको अधिकारमाथि खेलवाड गरेका छन् । सरकारले यसरी नै च्यानल बन्द गर्छ भनेर देखाउने दुष्प्रचार बाहेक वितरकहरुको आन्दोलनमा अरु खास तथ्य देखिएको छैन । सत्य त यो हो कि, क्लिन फिडको व्यवस्था हुनु भनेको नेपाली मिडिया उद्योगको विकास मात्र होइन देशको राष्ट्रिय हितको निम्ति पनि राम्रो हो । उपभोक्तासँग चर्को रकम उठाएर आफुखुशी च्यानल बन्द गर्नु केवल वितरकले गैरकानुनी काम गरेका छन् ।

क्लिनफिड लागू भए नेपाली विज्ञापन बजारले गुमाइरहेको ठूलो धनराशी समेत जोगाउने छ । क्लिनफिड लागू भए विज्ञापन बनाउन स्वदेशकै साधन स्रोत प्रयोग हुन्छ । धेरैले रोजगारी पाउनेछन् । मिडिया हाउसले विज्ञापन पाउनेछन् । जसले नेपाली मिडिया उद्योगको बिकासमा सघाउ पुराउनेछ । क्लिन फिडको व्यवस्थाले नेपाली मिडियाको गुणस्तर बढाउने, आफ्नो रुची अनुसार हुने र ब्यापार बढ्ने बताउंछन् मिडिया संचालक र विज्ञापन एजेन्सीहरु ।

दर्शकले टिभी कन्टेन्टबाहेक विज्ञापन हेर्नुपर्ने बाध्यता नरहने क्लिन फिडको व्यवस्थाले आर्थिक रुपमा नेपाली मिडियालाई सम्पन्न त बनाउँछ नै राष्ट्रिय सुरक्षा, अखण्डता र एकतालाई नि मजबुद बनाउने छ । तसर्थ, क्लिन फिडको व्यवस्था लागु गर्न ढिला गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीका ३२ घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

रसुवागढी र भोटेकोसी प्रभावितका लागि सहुलियतपूर्ण पुनःस्थापना प्याकेज बनाउने सरकारको निर्णय

सम्बन्धित

सम्पर्कविहीन १२ हजार मानिसको खोजीमा ‘सेतु’, १५ सयभन्दा बढीले भरे सहयोग फाराम

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड रुपैयाँको दैवी प्रकोप कोषमा सहयोग

लिपमोटर सी१० २०२६ मोडलको विशेष मूल्य ७५ लाख ९९ हजार

रसुवा बाढीले सवारी व्यवसायमा व्यापक क्षति, बीवाईडीका २०० गाडी बगे

म्याक्सस नेपालले बाढीपीडितका लागि ७० लाख सहयोग गर्ने

भोटेकोशी बाढीपीडितको उद्धार र उपचारमा काठमाडौं महानगरको सक्रियता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu