ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ राजदूतको ट्विट : ठूलो आयोजनामा हाम्रै कम्पनीले काम गरिरहेको छ


ABC NEWS
११ असार २०७६, बुधबार   १२ : २०   बजे

काठमाडौं ११ असार । ऊर्जामन्त्री वर्षमान पुनले मंगलबार चिनियाँ राजदूत होउ यान्छीसँगको भेटमा चिनियाँ कम्पनीको काम गराइप्रति असन्तुष्टि जनाएको केही घण्टामा नै चिनिया राजदूतले ट्विट मार्फत जवाफ दिएकी छन् । राजदूत हाउ यन्छीले चिनियाँ कम्पनीहरुले काममा ढिलाइ गरेको भन्ने मन्त्रीको भनाईप्रतिको अनिच्छा व्यक्त गरेकी छन् ।
‘नेपालमा निर्माण भइरहेका जलविद्युत आयोजनाहरूमध्ये सबैभन्दा ठूलो आयोजना चीन जलविद्युत संस्थाले गरेको हो,’ राजदूत होउले ट्वीट गरेकी छन् ।


नेपालमा निर्माण भइरहेका जलवीद्युत आयोजनाहरूमध्ये सबैभन्दा ठूलो आयोजना चीन जलविद्युत संस्थाले गरेको हो । राजदूत यान्छीले तामाकोसीको ड्याम साइट र सुरुङको फोटो ससससहित आफ्नै तरिकाले काम गरिरहेको सन्देश दिएकी छन । तामकोशी हाइड्रो पावरमा चीनको सिनो हाइड्रो कर्पोरेसन कम्पनीले काम गरिरहेको छ ।

मंगलबारको भेटमा मन्त्री पुनले अन्य देशमा राम्रो काम गर्ने चिनियाँ कम्पनीहरु नेपालमा आएर भने राम्रो कार्यसम्पादन गर्न नचाहेको बताएको प्रति चिनिया राजदूतले आश्चार्य मानेको स्रतको दावी छ । स्रोतका अनुससार मन्त्रीको भनाई उनको आफ्नै हो वा अरुको भन्नेमा गम्भीर शंका रहेको बताइएको छ । ‘चिनियाँ कम्पनीले अन्य देशमा राम्रो काम गरिरहेका छन् । यहाँ किन गर्न सकिरहेका छैनन् । समस्या के हो जसका कारण काममा ढिलाइ भइरहेको छ ? ,’ राजदूतसँग मन्त्री पुनले राखेको जिज्ञासा उद्धृत गर्दै मन्त्री पुनको सचिवालयले जारी गरेको विज्ञप्तिमा लेखिएको थियो ।जबकी कुनै कुटनीतिज्ञसंग भएको भेटपछि यस्तो खालको प्रश्न गरेर वक्तव्य निकाल्नु एकप्रकारको उछृंगलता नै हो ।

राजदूत यान्छीले नेपालमा चिनियाँ कम्पनीको काममा भएको समस्याबारे अध्ययन गरिरहेको बताउंदै धेरै खालका समस्या रहेको कम्पनीहरुले पनि बताउने गरेको मन्त्रीलाई जानकारी गराएकी थिइन । राजदूतका अनुससार चिनियाँ कम्पनीले भिसा, प्राकृतिक प्रकोप र जग्गाको अधिग्रहण लगायतका समस्याले पनि काममा आशातित प्रगति नभएको बताएकी थिइन ।
चिनियाँ कम्पनीले काम गरिरहेको त्रिशूली थ्री एमा ढिलाइ भइरहेको भन्दै नेपाल सरकार सन्तुष्ट नभएको मन्त्रीले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीका ३२ घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

रसुवागढी र भोटेकोसी प्रभावितका लागि सहुलियतपूर्ण पुनःस्थापना प्याकेज बनाउने सरकारको निर्णय

सम्बन्धित

सम्पर्कविहीन १२ हजार मानिसको खोजीमा ‘सेतु’, १५ सयभन्दा बढीले भरे सहयोग फाराम

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड रुपैयाँको दैवी प्रकोप कोषमा सहयोग

लिपमोटर सी१० २०२६ मोडलको विशेष मूल्य ७५ लाख ९९ हजार

रसुवा बाढीले सवारी व्यवसायमा व्यापक क्षति, बीवाईडीका २०० गाडी बगे

म्याक्सस नेपालले बाढीपीडितका लागि ७० लाख सहयोग गर्ने

भोटेकोशी बाढीपीडितको उद्धार र उपचारमा काठमाडौं महानगरको सक्रियता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu