ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पले दिए किमलाई अमेरिका भ्रमणको निम्तो (भिडियोसहित)


एबीसी न्यूज
१५ असार २०७६, आइतबार   ५ : १८   बजे

काठमाडौं १५ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच आकस्मिक भेटवार्ता भएको छ ।

राष्ट्रपति ट्रम्प र नेता किमबीच उत्तर र दक्षिण कोरियाको असैन्य सीमा क्षेत्र पानमुङजोङमा वार्ता भएको हो । जी २० को शिखरसम्मेलन सकेर दक्षिण कोरियाको भ्रमण गर्नुअघि राष्ट्रपति ट्रम्मले ट्वीट गर्दै किम जोङ उनसंग सीमाक्षेत्रमा हात मिलाएर दुई मिनेटमात्र कुराकानी गर्न चाहेको बताएका थिए ।

लगत्तै उत्तर कोरियाली नेता किमले सो प्रस्ताव स्वीकार गरेका थिए । दुई नेताबीच ५० मिनेट कुराकानी भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । छलफल पछि किम प्योङयाङ फर्किसकेका छन् । आजको भेट अगाडि ट्रम्पले किमलाई अमेरिका भ्रमणको निम्तो समेत दिएका छन् ।

अमेरिकी राष्ट्रपति उत्तर कोरियाको भूमिमा पसेका थिए । उनले उत्तरको भूमिमा २० पाइला हिंडेका थिए । छलफलपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया अमेरिकासँग फेरि परमाणु हतियार सम्बन्धी छलफल गर्न तयार भएको बताएका छन् ।

गतवर्षको जुन महिनामा ट्रम्प र किमबीच पहिलो शिखर वार्ता भएको थियो । त्यसपछि यसै वर्षको फेब्रुअरीमा ट्रम र किमबीच भियतनामको राजधानी हनोइमा दोस्रो शिखर वार्ता भएको थियो ।

तर, अमेरिकाले आफुमाथि राष्ट्र संघले लगाएको आंशिक प्रतिबन्ध समेत हटाउन नमानेको भन्दै उत्तरकोरियाले थप वार्ता नगर्नेभन्दै अमेरिकाको आलोचना गरेको थियो । अमेरिकाले भने उत्तर कोरिया पूर्ण निशस्त्रीकरणको पक्षमा नरोको आरोप लगाएको थियो । आजको छलफलले हनोइ वार्ता पछि चिसिएको अमेरिका उत्तरबीचको सम्बन्धलाई पुनः सामान्यिकृत गर्न सहयोग पुग्ने विश्लेषण गरिएको छ । राष्ट्रपतिको पदमै रहंदा उत्तर कोरियामा पाइला टेक्ने ट्रम्प अमेरिकी इतिहासकै पहिलो राष्ट्रपति बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मेहताका परिवारसँगको छलफल ‘सकारात्मक’, भोलि फेरि बस्ने

‘वातावरण निरीक्षक’को योग्यतामा विवाद, विज्ञले भने– वातावरण विज्ञानको मर्म कमजोर पार्ने प्रस्ताव

सम्बन्धित

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

रुसका सैन्य र ऊर्जा पूर्वाधारमा युक्रेनको लामो दूरीको आक्रमण, ८ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu