काठमाडौं, १७ असार । अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्ने बताउनुभएको छ ।
अर्थमन्त्री खतिवडाले पूँजी बजारलाई संचालनमा सरकारले रोकावट नगरेपनि त्यसले राम्रोसँग काम नगरे कडा निगरानी राख्ने पनि स्पष्ट पार्नुभयो ।
आजबाट काठमाडौंमा सुरु भएको वित्तिय साक्षरतासम्बन्धि वृहत अन्तराष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले नेपालमा पनि पूँजी बजारले राम्रोसँग काम नगरेकाले नियमनकारी निकायलाई निगरानी गर्नु परेको पनि स्पष्ट पार्नुभयो ।अर्थमन्त्री खतिवडाले नेपालमा रेमिट्यान्सको पूँजी परिचालन गर्नेहरुलाई वित्तिय साक्षर बनाउनुपर्नेमा पनि जोड दिनुभयो । ५० लाखभन्दा बढि युवाहरुले वैदेशिक रोजगारीमा गएका कारण उनीहरुका परिवारका सदस्यले वित्तिय कारोबार गरेपनि उनीहरुलाई सुरक्षित र भरपर्दो बैंक तथा वित्तिय संस्थाहरुको बारेमा समेत जानकारी नभएको अर्थमन्त्री खतिवडाको भनाई छ ।
उहाँले महिलाहरु पनि वित्तिय कारोवारमा संलग्ने हुने क्रम बढकाले उनीहरुलाई साक्षर बनाउने काममा पनि लगानी गर्नुपर्नेमा जोड दिनुभयो । अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तिय संस्थालाई भरपर्दो प्रविधिको प्रयोग गर्न पनि सचेत गराउनुभयो । नेपाल धितो पत्र बोर्ड र ओईसिडीले वित्तिय साक्षरता बढाउने उद्देश्यका साथ सो २ दिने अन्तराष्ट्रिय सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा भारत, अमेरिका, सिंगापुर, थाईल्याण्ड, दक्षिण अफ्रिका, चीन, अष्ट्रलिया, भुटानसहितका पूँजी बजारका विज्ञहरु, लगानीकर्ताहरु सहभागी भएका छन ।
प्रतिक्रिया दिनुहोस्