ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति सी नेपाल भ्रमण कूटनीतिक एजेन्डामा रहेको छ – चीन


एबीसी न्यूज
१९ असार २०७६, बिहिबार   ९ : २५   बजे

काठमाडौं, १९ असार ।  चीनका परराष्ट्रमन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण चीनको कूटनीतिक एजेन्डामा रहेको स्पष्ट पारेका छन् । बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बुधबार भएको भेटवार्तामा वाङले भ्रमणको समयबारे थप छलफल गर्नुपर्ने बताए । चीनको दलियानमा १३औँ वल्र्ड इकोनोमिक फोरमको वार्षिक बैठक सकेर बेइजिङ पुगेका परराष्ट्रमन्त्री ज्ञवाली र वाङबीच आधा घन्टा छलफल भएको थियो ।

परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति सीलाई स्वागत गर्न नेपाल आतुर रहेको भन्दै उच्चस्तरीय भ्रमण आदान–प्रदानले सम्बन्ध थप सुदृढ हुने बताएपछि जवाफमा वाङले सीको भ्रमण हुने बताएका हुन् । ‘उच्चस्तरीय भ्रमण (राष्ट्रपति सीको नेपाल भ्रमण गराउने नेपालको चाहना) मा हामी सकारात्मक छौँ । नेपालको चाहनाबारे हामी पूर्ण जानकार र सकारात्मक छौँ,’ चिनियाँ परराष्ट्रमन्त्री वाङको भनाइ उद्धृत गर्दै बेइजिङस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशील लम्सालले भने ।

भेटवार्तामा परराष्ट्रमन्त्री ज्ञवाली, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र मन्त्रालयका सहसचिव घनश्याम भण्डारी र उपनियोग प्रमुख लम्साल सहभागी थिए । लम्सालका अनुसार वाङले सम्भावित भ्रमणको मिति र अनुकूलताबारे दुवै पक्षबीच परामर्श जारी राख्नुपर्ने धारणा राखेका थिए । उनले उपयुक्त समयमा राष्ट्रपतिको भ्रमण हुने जवाफ पठाएका थिए ।

नेपालले पाँच वर्षदेखि राष्ट्रपति सीको भ्रमणका लागि जोड दिँदै आएको छ । कूटनीतिक स्रोतका अनुसार राष्ट्रपति सी तीन महिनापछि भारत भ्रमणमा जाँदै छन् । अक्टोबर ११ मा उनले वाराणसीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्ने तयारी भइरहेको छ । त्यसवेला राष्ट्रपति सीको नेपाल भ्रमण गराउन नेपालका तर्फबाट कोसिस भएको छ ।

दक्षिण एसियाको करिडोर

चिनियाँ परराष्ट्रमन्त्री वाङले हिमालय सीमापार बहुआयामिक कनेक्टिभिटी नेटवर्कअन्तर्गत नेपालसँग सहकार्य गर्न चीन प्रतिबद्ध रहेको बताएका छन् । नेपाललाई चीनले दक्षिण एसिया प्रवेशको करिडोरका रूपमा बुझेको र त्यहीअनुसार परियोजना अघि बढाउन चीन प्रतिबद्ध रहेको वाङको भनाइ थियो । परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको बेग्लाबेग्लै राजकीय भ्रमणका वेला भएका सहमति र समझदारी कार्यान्वनयमा जोड दिएका थिए ।

‘नेपालको व्यापार क्षमता अभिवृद्धि गर्न, हवाई रुट थप विस्तारलगायतका विषयमा चीनको सहयोगको अपेक्षा गरेका छौँ’ परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ थियो । जवाफमा चिनियाँ परराष्ट्रमन्त्री वाङले बेइजिङ र ग्वान्जाओ उडानका लागि तदारुकताका साथ छलफल गर्न चीन तयार रहेको बताए । परराष्ट्रमन्त्री ज्ञवालीले बिहीबार चिनियाँ कम्युनिस्ट पार्टीका पदाधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनी शुक्रवार स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group