भोजपुर , २५ असार । भोजपुरमा विप्लव कार्यकर्ताको गोली लागेर प्रहरीको मृत्यु, प्रतिकारमा विप्लवका एक कार्यकर्ता मारिए ।
भोजपुर बजारमा ड्युटिमा रहेका प्रहरीमाथि विहान ८ बजेर ३० मिनेटतिर आक्रमण गर्दा प्रहरी जवान सन्जिव राइको गोली लागर मृत्यु भएको हो ।
भोजपुरमा विप्लव नेतृत्वको नेकपाको कार्यकर्ताले हानेको गोली लागेर एक जना प्रहरीको मृत्यु भएको छ।
त्यस्तै प्रहरी प्रतिकारमा उत्रदा विप्लव नेकपाका एक कार्यकर्ताको पनि ज्यान गएको छ। मृत्यु हुनेमा विप्लव नेकपाका ओखलढुंगा इन्चार्ज निरकुमार राई रहेको खुल्न आएको छ। प्रहरीले उनको साथबाट पेस्तोलसमेत बरामद गरेको छ। प्रहरीमाथि आक्रमण भएपछि अहिले त्यहाँको सुरक्षा कडा पारिएको छ । प्रदेश नम्बर १ प्रहरीले थप मद्धतका लागि टोली पठाएको छ।
प्रतिक्रिया दिनुहोस्